हिमाल कलेजका विद्यार्थी सगँ अनुभव साट्दै शितल गिरी

पोखरा, २९ जेठ /पोखरा ८ बगाले टोलमा रहेको हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरु सगँ गितका तथा बैंकर शितल गिरीले छलफल गरेका छन् ।

विद्यार्थीहरुले गिरीको बैंकका काम गर्दाका अनुभव, गित, गजल र अन्य साहित्य कृतिहरुका बारेमा चर्चा गरेका थिए ।

सो अवसरमा गिरीले हाल विविएसमा नीजि क्षेत्रमा सबै भन्दा बढि विद्यार्थी भएको कलेज बनाउन सफल भएकोमा सञ्चालक बधाई दिदै उनले गुणस्तरीय शिक्षा प्रदानमा पनि आगडी नै रहन शुभकामना दिए । शिक्षालाई व्यवहारीक बनाउन, शैक्षिक तथा अन्य अतिरिक्त क्रियाकलापबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको क्याम्पस प्रमुख हरी कार्कीले सो अवसरमा जानकारी दिए ।

विद्यार्थीहरु कलेज निस्कदा जिवन सँग सम्बन्धीत प्रश्नको उत्तर जानेर जिवनउपयोगि हुने गरी शिक्षा प्रदान गर्दै आएको क्याम्पसका म्यानेजीङ डाइरेक्टर सुदन मुल्मीले बताए । कार्यक्रममा कलेजका निर्देशक लिला पराजुली, कार्यक्रम प्रमुख रमेश खड्का, कलेज इन्र्चाज मनी डुम्रे, शिक्षक नविन अधिकारी, शिक्षिका विना खत्री, लेखा प्रमुख हरी ढकाल, कार्यालय प्रमुख रिता गुरुङ लगाएते विद्यार्थीहरुलाई कसरी जिवनमा व्यवहारीक बन्ने भन्ने बारेमा छलफल गरेका थिए ।
नीजि स्तरबाट सञ्चालित म्यानेजमेन्ट कलेजमा अहिले बिबिएसको पढाइ हुदै आएको छ । अबको शैक्षिकसत्र देखी कक्षा ११ मा व्यवस्थापनको पढाइ समेत शुरु गर्ने लागेको उनले बताए ।

कमेन्टहरु
Loading...