हिमाल कलेजमा अहिंसात्मक सञ्चार र मल्टीपल इन्टेलीजेन्स कार्यशाला

पोखरा, २९ साउन / अहिंसात्मक सञ्चार नेपालको राष्ट्रिय अभियान कुलरीङ नेपाल विथ एनभिसीु अन्तर्गत बुधबार हिमाल कलेज अफ मेनेजमेन्टका कक्षा ११ का विद्यार्थीलाई अहिंसात्मक सञ्चार र मल्टीपल इन्टेलीजेन्स कार्यशाला सम्पन्न भएको छ ।

कक्षा ११ का १ सय २० जना विद्यार्थीलाई अहिंसात्मक सञ्चार, खुसी र शान्त हुने कलाहरु, स्वःसम्बन्ध, दिमागका विभिन्न भागहरु र तिनका कार्यहरु, नौ वटा मल्टीपल इन्टिलीजेन्सहरु, अनुभुतीहरु र तीनको व्यवस्थापन, अनुभुतीको कारणहरु, प्रतीक्रिया गर्ने अहिंसात्मक उपायहरु, सकारात्मक सोच र समानुभुती, रिस र तनाब ब्यबस्थापनका उपायहरुका बारेमा जानकारी दिएका थिए ।

विद्यार्थीलाई हिंसा रहित सञ्चार नेपालका राष्ट्रिय संंयोजक एवम् कलेज ईन्चार्ज मणी डुम्रेले प्रशिक्षण दिएका थिए । कार्यशालालाई अन्तराष्ट्रिय प्रशिक्षक शिशिल ला ग्याब्रियल र श्रीराम तिमिल्सिनाले सहजीकरण गरेका थिए । शिशिल न्युरोसाइन्स एण्ड मल्टीपल इन्टेलीजेन्स बिषयक प्रसिद्ध फ्रान्सेली ट्रेनर हुन् भने श्रीराम तिमिल्सिना अहिंसात्मक सञ्चार ट्रेनर र नेपालका लागि एनभिसी शान्तीदुत हुन् ।

उनीहरुले देश तथा विदेशका विभिन्न ठाउँमा फरक फरक समुहलाई अहिंसात्मक सञ्चार सम्बन्धी कार्यशाला सञ्चालन गर्दै हिसारहित समाज निर्माण अभियानको नेतृत्व गरि रहेका छन् ।
हिमाल कलेज अफ मेनेजमेन्टले विद्यार्थीको शैक्षीक विकास सँगसँगै व्यवहारीक र जीवन उपयोगी शिक्षालाई जोड दिँदै आएको क्याम्पस प्रमुख हरी कार्कीले जानकारी दिए ।

कमेन्टहरु
Loading...