हिमागृहलाई मुख्यमन्त्रीको आवास बनाउन खोजेको भन्दै पोख्रेलीको विरोध

पोखरा, १ पुस /पोखराका पर्यटन ब्यबसायीहरुले लेकसाइडमा रहेको हिमागृह लाई कुनै पनि हालतमा मुख्यमन्त्रीको आवस बनाउन नदिने बताएका छन् । आज पोखरामा भएको एक अन्तरक्रिायमा बोल्ने पर्यटन ब्यबसायी संगै स्थानीय जनप्रतिनिधिहरुले सो कुरा बताएका हुन ।

क्षेत्रीय प्रशासक र कास्कीका प्रमुख जिल्ला अधिकरी सहितको टोलीले मुख्यमन्त्रीको अस्थायी आवासको लागि हिमागृह पनि हुन सक्ने सिफारिस गरे पछि स्थानीय जनप्रतिनिधि र पर्यटन ब्यबसायी आक्रोसीत बनेका छन् । आज प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी लाई पोखरा लेखनाथ महानगरपालिका वडानं ६का

वडा अध्यक्ष जगत बहादुर पहारीको नेतृत्वमा गएको टोलीले ध्यानआर्कषण पत्र बुझाएको छ। नागरिक समाज पोखराका संयोजक राम बहादुरा पौडेलले ३ वटा विकल्प पनि प्रस्तुत गर्नुभयो । पोखरामा अन्यथुप्रै ठाँउ विकल्पको रुपमा हुदा हुदै पर्यटकीय क्षेत्रमा मुख्यमन्त्री आवास गृह बनाउन खोज्नु राम्रो कदम नभएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारीले तारानाथ अधिकारीले आफुले क्षेत्रीय प्रशासकलाई जानकारी गराउने बताउनु भयो ।

उहाँले सुरक्षाको दृष्टिकोणले हिमा गृह अस्थायी आवासको लागि रोजीएको पनि बताउनु भयो । पर्यटन ब्यबासयी, स्थानीयको आवज राज्यले सुन्नेभन्दै अधिकारीले आफुहरले अन्यठाउँ पनि हेरेको जानकारी दिनु भयो । पर्यटन बोर्डका पुर्व सदस्य बासुदेव त्रिपाठीले हिमागृह रत्नमन्दिर लाई पर्यटकीय गतिविधि संचालन गराउनु पर्नेमा जोड दिनु भयो । पर्यटन बोर्डका पुव सदस्य अग्नी कडेलले पर्यटनको मुटुमा मुख्यमन्त्रीको आवास बनाउदा पोखराको पर्यटन ध्वस्त हुने बताउनुभयो ।अग्रज पर्यटन ब्यबसायी गणेश बहादुर भट्राईले जैविक विविधता पार्कको रुपमा हिमागृह र रत्नमन्दिर लाई विकास गर्नुपर्ने बताउनुभयो । ‘

पश्चिमाञ्चल होटल ब्यबासायी समितिका अध्यक्ष विकल तुलाचन, पोखरा पर्यटन परिषदका उपाध्यक्ष भरतराज पराजुली, टानका पुर्व अध्यक्ष रामचन्द्र शर्मा , रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुड भगबती पहारी ,पर्यटन ब्यबासायी नरेश भट्राई लगायतले कुनै पनि हालतमा हिमागृह लाई मुख्यमन्त्री आवास गृह बनाउन नदिने बताउनु भयो । आफुहरुको माग सुनुवाई नभए आन्दोलन गर्न पनि पछि नहट्ने पर्यटन ब्यबासयाीले चेतावनी दिएका छ। आजै पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी लाई पनि ध्यान आर्कषण पत्र बुझाएको टानका पुर्व अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनु भयो ।

कमेन्टहरु
Loading...