नेपाल हृदयरोग कास्कीको अध्यक्षमा माधवबाबु तिवारी

पोखरा ३० फागुन/नेपाल हृदयरोग निवारण प्रतिष्ठान कास्की शाखाको अध्यक्षतामा डाक्टर माधव वावु तिवारी चयन भएका छन् । नेपाल हृदयरोग निवारण प्रतिष्ठान (हर्ट फाउन्डेशन) कास्की शाखाको शनिबार सम्पन्न वार्षिक साधारणसभा तथा अधिबेशनले तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो ।

नेपाल हृदयरोग कास्कीको अध्यक्षतामा माधवबाबु तिवारी
नेपाल हृदयरोग कास्कीको अध्यक्षतामा माधवबाबु तिवारी

समितीका सदस्यहरुमा सुर्य प्रसाद ढकाल, नरेन्द्र बास्तोला, वैकुण्ठराज तिमिल्सिना , सुनयना पालिखे, दिपेन्द्र मसार्नी, उमा ठकुरी, टंक पौडेल, कुल वहादुर नेपाली, सुमन श्रेष्ठ, प्रकाशमान उदास, केदार ढकाल, तिर्थ न्यौपाने र राजेन्द्र पहारी चयन भएका छन् । समितीको कार्य विभाजन र सल्लाहकारहरुको चयन कार्यसमितिको पहिलो बैठकले गर्ने नब निर्वा्चित सदस्य नरेन्द्र बास्तोलाले जानकारी दिए ।

“स्वस्थ मुटू सवैका लागि, जहिले पनि र जहाँ पनि” भन्ने नाराका साथ सम्पन्न साधारणसभाको उद्घाटन गर्दै प्रमुख अथिती डाक्टर कुमार शम्सेर राणाले मानिस शारिरिक रुपमा स्वस्थ्य रहन सकेमा मात्र मानसिक र वौदिक रुपमा स्वस्थ रहन सक्ने बताउदै त्यसमा पनि मुटू शरिरको सवै भन्दा संवेदनशिल र महत्वपुर्ण अंग भएकाले स्वस्थ र तन्दुरुस्त मुटु राख्न सवै सचेत हुनुपर्ने वताए ।

प्रतिष्ठानका केन्द्रिय सदस्य तथा पश्चिमाञ्चल संयोजक सुर्य प्रसाद ढकालले रोग लागे पछी उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु वेस भन्ने भनाईलाई चरितार्थ तुल्याउन स्कुल स्कुलमा तथा सञ्चार माध्यमबाट मुटूरोग सम्वन्धी प्रशिक्षण र जनचेतना कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने वताए ।

प्रतिष्ठानका डा. माधव वावु तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मानकाजी माकाजु, महेशरत्न शाक्य, वैकुण्ठराज तिमिल्सिना, सुनयना पालिखे, दिपेन्द्र मसार्नी, उमा ठकुरी, योगराज पौडेल, कुलवहादुर नेपाली र नारायण शर्माले वोलेका थिए । प्रतिष्ठानका सचिव नरेन्द्र वास्तोलाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष टेकमान प्रधानाङ्गले स्वागत मन्तव्य राखेका थिए ।

कमेन्टहरु
Loading...