शनिबार सहारा बिद्यालयमा निःशुल्क स्वास्थ्य शिविर हुने

106

पोखरा, ५ भदौं/ पोखराको सहारा क्लबको आयोजनामा आउदो शनिबार सहारा बाल आधारभुत विद्यालय, शिवटोल, बसपार्कको प्राङ्गणमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

क्लवको २१ औं वार्षिकोत्सवको अवसरमा पोखराको नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेज प्रा. ली. (जिएमसी) को विशेष सहयोगमा उक्त कार्यक्रम हुने भएको क्लवका महासचिव विश्वराज बरालले बताए ।

उक्त शिविर विहान ८ः०० बजे देखी २ः०० बजे सम्म सञ्चालन हुने क्लवले जनाएको छ । उक्त शिविरमा मेडिशिन विशेषज्ञ डा. रोशन कुमार यादव, आँखा रोग विशेषज्ञ डा. जमुना गुरुङ्ग, बाल रोग विशेषज्ञ डा. शैलेस श्रेष्ठ, स्त्री रोग विशेषज्ञ डा. उपमा बस्नेत र नाक, कान, घाँटी रोग विशेषज्ञ डा. राजेश महर्जनबाट विरामीको परिक्षण गनिरे भएको क्लवले जनाएको छ । गण्डकी मेडिकल कलेजका ईन्टरसिप डाक्टरहरुको सहयोग समेत हुने भएको छ भने शिविरमा आवश्यकता अनुसार भिडियो एक्सरे तथा सुगर परिक्षण निःशुल्क गरिने भएको महासचिव बरालले जनाए ।

“आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्धेश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लबले हरेक बर्ष आहा रारा गोल्ड कपको साथमा विभिन्न सामाजिक कार्य गर्दै आएको क्लवका अध्यक्ष केशव बहादुर थापाले बताए । सहारा एकेडेमीमा हाल १३ जिल्लाका २६ जना वालकहरु आश्रित भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...