हेम्जा वोर्डिङमा पुरस्कार वितरण तथा विदाई कार्यक्रम

पोखरा, १९ चैत/हेम्जा वोर्डिङ स्कूल पोखरा–२५ हेमजाको पुरस्कार वितरण तथा विदाई कार्यक्रमम सोमबार सम्पन्न भयो ।कार्यक्रममा शैक्षिक सत्र २०७४ र यो वर्षको अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण गरिएको थियो भने एसइइ परीक्षा दिएका विद्यार्थीलाई विदाई गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा लामो समय विद्यालयलमा अध्यापन गराएका शिक्षक शिक्षिकालाई विदाई गरिएको थियो ।यसरी विदाई हुने शिक्षकहरुमा कम्प्युटर शिक्षक मिलन सुवेदी, गणित तथा विज्ञान शिक्षक भिम तिमिल्सिना र प्राइमेरी अग्रजी तथा सोसल शिक्षक रिता थापा पहारी रहेका छन् । उनीहरुलाई विद्यालयको तर्फबाट सम्मान सहित विदाई गरिएको थियो ।

कार्यक्रममा विद्यालयले बनाएको नयाँ भवनको पनि सोमबारनै उद्घाटन गरिएको थियो । उक्त सुविधा सम्पन्न भवनमा मन्टेश्वरी कक्षा देखि कक्षा १ सम्म सञ्चालन हुने छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नंं २५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले सरकारले चाहादैमा संस्थागत विद्यालय वन्द हुन नसक्ने बताएका छन् ।‘

संस्थागत विद्यालयमा यति धेरै विद्यार्थी अध्ययनरत छन् कि ती विद्यार्थी सामुदायिक विद्यालयको संरचतनाले धान्नै सक्दैन’,उनले भने,‘नेपाल सरकारले चाहेर पनि संस्थागत विद्यालय वन्द गर्न सक्दैन ।’उनले संस्थागत र सामुदायिक विद्यालयको पढाईको स्तर एउटै बनाउन महानगर लागेको बताए । विद्यालयले शैक्षिकका अलावा अतिरिक्त क्रियाकलापमा पनि राम्रो प्रगति गरेको भन्दै खुशी व्यक्त गरे ।

विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेलले विद्यार्थीलाई पढाईको अलावा अतिरिक्त क्रियाकालपमा पनि बढि सहभागित गराएकै कारण कास्कीमा हुने हरेक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने गरेको बताए । आगामि शैक्षिक सत्रबाट नयाँ सुविधा सम्पन्न भवनामा मन्टेश्वरी सहित पढाई शुरु गर्न लागेको जानकारी दिदै अव छिट्टै नै कक्षा १२ सम्म कक्षा सञ्चालन गर्ने बताए ।

हिसान कास्कीका अध्यक्ष डा.रामजी शर्माले शैक्षिक क्षेत्रमा निजि क्षेत्रको ठूलो लगानि भएपनि राज्यपक्षबाट सधै निजि क्षेत्रलाई हतोत्साहित गर्ने काम गरेको आरोप लगाए ।कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष प्रकाशचन्द्र सापकोटाले विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षक अभिभावक र विद्यार्थीबीचको समन्वयको खाँचो रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक माधवशरण पौडेल, सहायक प्रिन्सिपल तेजेन्द्र कुँवर, इसिए इन्चार्ज नारायणी बस्नेत, अभिभावक कृष्णप्रसाद पहाडी, विद्यार्थी प्रशंशा त्रिपाठीले बोलेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीले विविध साँस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए ।

कमेन्टहरु
Loading...