इन्क्वायरी पोखरा अब थप सेवा सहित नयाँबजारमा

पोखरा, ५ भदौ /विगत १५ वर्षदेखि पोखरामा टेलिफोन इन्क्वायरी सेवा प्रदान गर्दै आईरहेको हेल्प लाईन कल सेन्टर (इन्क्वायरी पोखरा)ले थप सेवा र सुबिधा सहितको कार्यालय शनिवार उद्घाटन गरेको छ ।  कार्यालयको स्वतन्त्र पत्रकार संघ कास्कीका उपाध्यक्ष पदमराज उदासीले कार्यालयको उद्घाटन गरेका हुन् ।

इन्क्वायरी पोखरा अब थप सेवा सहित नयाँबजारमा
इन्क्वायरी पोखरा अब थप सेवा सहित नयाँबजारमा

पोखरा ८, नयाँवजारस्थित कार्यालयको उद्घाटन गर्दै उदासीले विगत लामो समयदेखि अप्रत्यक्ष रुपमा टेलिफोन इन्क्वायरी सेवा प्रदान गर्दै आएकोमा हाल आएर प्रत्यक्ष रुपमा ग्राहकलाई सेवा प्रदान गर्ने उद्धेश्यले कार्यालय सुचारु हुनु संस्था र ग्राहक सबैलाई राम्रो हुने बताए ।

सो अवसरमा सेवाग्राहीको तर्फबाट दरबारथोक एड्भरटाईजिङ्ग एजेन्सीका संचालक कृष्णबहादुर रानाभाटले टेलिफोन इन्क्वायरी जस्तो संवेदनशिल पेशामा युवाहरु आकर्षित हुनु पोखराको व्यवसायीक गतिविधिमा वढोत्तरी हो भन्दै पोखरा उद्योग वाणिज्य संघमा पनि युवाहरुको नेतृत्व आवश्यक रहेको बताए ।

भाजुरत्न ईञ्जिनियरिङ्ग एण्ड सेल्स लिमिटेडका सेल्स एक्जुकेटिभ रामचन्द्र पौडेलले ईन्क्वायरी पोखराबाट कुनै पनि व्यवसायीले आफ्नो व्यवसाय प्रद्धर्धनका साथै ग्राहक विचको सम्बन्ध प्रगाढ बनाउन पुलको काम गरेको बताए । त्यस्तै वेवपेज नेपालका संचालक प्रितम सेनले सरकारी संयन्त्र भन्दा निजि संस्थाले संचालन गरेको टेलिफोन ईन्क्वायरी सेवा विश्वासीलो र भरपर्दो रहेको बताए ।

व्यवसायी तथा सर्वसाधारणहरुलाई आवश्यक पर्ने सुचनाहरु सफ्टवेयरमा सुरक्षित गर्न सकिने अत्याधुनिक कल अपरेटिङ्ग प्रविधिको प्रयोग गरि सेवा प्रदान गर्दै आएको संचालक कार्कीले बताए । हेल्प लाईन कल सेन्टर (इन्क्वायरी पोखरा) का संचालक सागर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कल अपरेटर निकिता क्षेत्रीले गरेकी थिईन् ।

कमेन्टहरु
Loading...