निशुक्ल स्वाथ्य शिविर तथा खुल्ला रक्त्तदान कार्यक्रम सम्पन्न

पोखरा, १ पौष/ माछापुच्छे गाउँपालिका ६ भिडाबारीमा निशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बराह माबीको स्र्वाण जयन्तीको अवसर पुर्व बिद्यर्थी मञ्च बराह माबीले लायन्स क्लब अफ पोखरा सेन्ट्रल स्टेटको आर्थिक सहयोग र रिजनल हस्पिटल प्राली पोखराको प्रावधिक सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

निशुक्ल स्वाथ्य शिविर तथा खुल्ला रक्त्तदान कार्यक्रम सम्पन्न

हाडजोर्नी तथानास रोग, नाक, कान घाटी, पेट छाती तथा थाइराइड, स्त्री तथा प्रजनन रोग, दन्त रोग, पिसाव तथा रक्त परिक्षण, निशुल्क औषधी लगायतको सेवा प्रदान गरिएको स्वाथ्य शिविरमा माछापुच्छे गाउँपालिकाका ४०० जना बासिन्दाले सेवा लिएको रिजनल हस्पिटलका प्रवन्धनिर्देशक तथा जनरल फिजिसियन मनोज कोइरालाले जानाकारी दिए । कार्यक्रममा निशुल्क स्वास्थ्य शिविरका साथै नेपाल रेडक्रस सोसाइटी, क्षेत्रिय रक्त सञ्चार केन्द्रको समन्वयमा खुल्ला रक्तदान कार्यक्रम सम्मन्न भएको छ । खुल्ला रक्तदान कार्यक्रम ५४ युटिन रगत संकलनगरिएको लायन्स क्लब अफ पोखरा सेन्ट्रल स्टेटका अध्यक्ष दयाल गिरीले बताए ।

निशुक्ल स्वाथ्य शिविर तथा खुल्ला रक्त्तदान कार्यक्रम सम्पन्न

कार्यक्रम माछापुच्छे् गाउँपालिकाका प्रमुख कर्ण व. गुरुङको प्रमुखअतिथ्यता तथा पुर्व बिद्यर्थी मञ्च बराहमा.बीको अध्यक्ष चिरञ्जिवी गौतमको अध्यक्षमा गरिएको हो ।कार्यक्रम माछापुच्छे गाउँपालिकाका उपाध्यक्ष कृष्ण कुमारी दवाडी, माछापुच्छे गाउँपालिका वडा नं ६ का अध्यक्ष हरिशचन्द्र ढुङगाना, वडा नं ८ का अध्यक्ष कृष्ण दवाडी, बिद्यलय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र गौतम, लायन्स क्लब अफ पोखरा सेन्ट्रल स्टेटका अध्यक्ष दयाल गिरीले कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेकाथिए ।

कार्यक्रमका प्रमुख अतिथी माछापुच्छे्र गाउँपालिका प्रमुख कर्ण व. गुरुङले तथा निजामती कर्मचारीको तर्फबाट सगरमाथा आरोही नापी अधिकृत खिमलाल गौतमले ब्लड ब्याग ग्रहण गरी उद्घाटन गरिएको थियो ।पुर्व बिद्यर्थी मञ्चका सचिवअनिल लामिछानेले सञ्चालन गरेका कार्यक्रममा  रिजनल हस्पिटल प्रा.लीका १६ स्वाथ्स्यकर्मी समुहले स्वस्थ्यशिविर तथा क्षेत्रिय रक्त सञ्चार केन्द्रका ६ जनाको समुह खुल्ला रक्तदान कार्यक्रममा सेवा प्रदान गरेकाथिए ।

कमेन्टहरु
Loading...