पोखरामा युवायुवतीको नयाँ डेस्टिनेसन @ हर्पनखोला ड्याम

सागर राज तिमिल्सिना
पोखरा, २० असार / पोखरा २३ मा पर्ने हर्पनखोला ड्याम युवायुवतीका लागि नयाँ डेस्टिनेसन भएको छ । हर्पनखोलामा बनाएको ड्यामले बनेको पौडी खेल्ने ठाउँ र छहरामा फोटो खिचाउने र पौडी खेल्नेको ठुलो भिड् लाग्ने गरेको छ ।

माथिबाट निकै राम्रो सगँ पौडी खेल्नका लागि बने छ भने तल ड्यामबाट बगेको पानीको छहराले युवायुवतीको मत तानेको छ । फोटो र भिडियो खिच्न युवायुवतीको यो ठाउँमा चहलचपल बढेको छ ।

‘फेसबुकममा साथीहरुले छहरा सहितको फोटो राखेको देखे,’ पोखरा ७ मा बस्दै आएका आयुस पाण्डेले भने –‘साथीहरुले निकै आक्रषक फोटो राखेको देखे पछि साथी सगँ ठाउँ सोधेर आए ।’ अन्य साथी सगै आएकी उनले बताए ।

पोखरामा युवायुवतीको नयाँ डेस्टिनेसन हर्पनखोला ड्याम
पोखरामा युवायुवतीको नयाँ डेस्टिनेसन हर्पनखोला ड्याम

पोखरा २३ र २४ मा गरेर ४ वटा ड्याम पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले २८ भन्दा बढि लागतमा बनाएको छ । ती मध्ये हर्पन खोला ड्याममा दैनिक १ सय भन्दा बढि युवायुवती आउने गरेको स्थानीय विष्णु प्रसाद भण्डारीले जानकारी दिए । शनिबार त करिब ५ सय जना आउने गरेको उनको भनाई छ ।

‘हर्पन खोलाको पानी सफा र ठुलो छहरा भएका कारण त्यसैमा सबैको आक्रषण छ,’ भण्डारीले भने ‘हर्पन मै युवायुवती जान्छन् ।’ उनले पोखरा हल्लनचोक हुदैन पामे ठुलाखेत हुदै पुग्न सकिने बताए । मोटर साइकल र गाडीमा पोखराबाट १२ किलोमिटरको दुरीमा पर्ने उनले बताए ।

उनले करिब तीन साता देखी युवायुवतीको आउने गरेको बताए । ‘विदाका दिन अझ बढि आउने गरेका छन्,’ उनले भने, ‘सामाजीक सञ्जालमा प्रचार भए पछि आउन थालेका हुन् ।’

पर्यटकीय केन्द्र बन्दै हर्पन खोलाको सिल्टेसन ड्याम

Posted by Ganthan.com on Friday, July 3, 2020

कमेन्टहरु
Loading...