हरिहर गुफामा वोलवमको रौनक उल्लेख्य भक्तजनको सहभागीता

पोखरा, १३ साउन / पोखरा २० भलाममा रहेको हरिहर गुफा परिसरमा वोलवमका भक्तजनहरुले उल्लेख्य सहभागीता जनाएका छन ।

पोखरा महानगरपालिका वडा नम्बर २० को आयोजना तथा हरिहर गुफा सन्यास आश्रमको संयोजनमा यो वर्षदेखी साउन महिनाको हरेक सोमबार बोलवमको आयोजना गरिएको हो ।

जस अनुरुप साउन महिनाको दोश्रो सोमबार आज हरिहर गुफामा उल्लेख्य भक्तजनहरुले सहभागीता जनाएका छन ।

भक्तजनहरुले पोखराको सेती नदी र कालीखोलाको संगम स्थल रिट्ठाघाटबाट बाजागाजा सहित कलश यात्रा गरी हरिहर गुफा परिसरमा पुगी शिवलिंगमा जल चढाएका थिए ।

महानगरको २० नम्बर वडा विभिन्न पर्यटकीय सम्भावना भएको भएतापनि हाल सम्म त्यसलाई उजागर गर्न नसकिरहदा यो पटकदेखी हरिहर गुफामा धार्मिक पर्यटन भित्रयाउनका लागी वडाले पहिलोपटक वोलवमको आयोजना गरिएको वडा अध्यक्ष सिम गुरुङले वताए ।

पोखरा २० मा धेरै कुराको सम्भावना रहदा रहदैपनि प्रचार प्रसारको अभावमा अझैपनि त्यहाका सम्भावनाहरु बाहिर आउन नसकेको वताउदै पोखरा महानगरमा धार्मिक पर्यटन, कृषी पर्यटन संगै प्रकृतीसंग रम्न चाहनेहरुका लागी प्रशस्त ठाउ भएतापनि अझैपनि ओझेलमा परेको र वडाले त्यसलाई उजागर गरेर समग्र वडाको बिकासमा लागी रहेको गुरुङको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै हरिहर गुफा सन्यास आश्रमका कार्यबहाक अध्यक्ष अर्जुन बहादुर खत्रीले हरिहर गुफा सन्यास आश्रमको बिकासका लागी वडाले पुर्याएको योगदानको प्रसंशा गर्दै आगामी दिनमा गुफाको संरक्षण र प्रवद्र्धनका लागी वडा संग सहकार्य गरी अगाडी वढ्ने वताए ।

वोलवम यात्रामा मौजा र आटीघरका पञ्चेबाजा समुह र मौजा र थानापती भजन मण्डलीले बाजा गाजा र भजन सहित वोलवम कलशयात्रा निकालीएको थियोभने कलशयात्रामा पोखरा २० भलाम, मौजा, मोहोरिया, आटिघर, रयालेचौर, बगर ,दीप तथा फुलबारी आसपासका भक्तजनहरुको सहभागीता रहेको थियो ।

कमेन्टहरु
Loading...