हरिगोपाल–गणेशमाया छात्रवृत्ति वितरण

पोखरा, २८ भदौ/पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० निवासी रञ्जित परिवारले स्थानिय कालिका माविमा अध्ययरत छात्रछात्रालाई छात्रवृत्ति वितरण गरेको छ । आफ्ना स्वर्गिय पिता हरिगोपाल रञ्जित र माता गणेशमाया रञ्जितको नाममा रञ्जित परिवारले गरीब, तथा असहायः छात्रछात्रालाई छात्रवृत्ति वितरण गरेको हो ।

विद्यालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच रञ्जित परिवारले मानविकी संकाय अन्तर्गत कक्षा १२ मा अध्ययरत भिमला अधिकारीलाई ७ हजार ५ सय, विज्ञान संकायकी कक्षा ११ मा अध्ययनरत जेनिशा थापालाई १३ हजार, ब्यबस्थापन संकायमा कक्षा ११ मै अध्ययनरत रुपा शर्मालाई ७ हजार ५ सय र कक्षा १० मा अध्ययरत छात्र तिलक सापकोटालाई ७ हजार रुपैयाँसहित कुल ३५ हजार रुपैयाँ प्रदान गरेको विद्यालयका सहायक प्रधानाध्यापक सूर्यमोहन ढकालले जानकारी दिए ।

सो अवसरमा सहायक प्रधानाध्यापक ढकालले छात्रवृत्ति वितरण गर्ने रञ्जित परिवारलाई धन्यवाद दिदै विद्यार्थीलाई लगनशिल भएर पढ्न आग्रह गरे । छात्रवृत्तिका लागि स्वर्गिय माता पिताको नाममा छोराहरु बैकुण्ठ, शिव, सुदर्शन र बिजय रञ्जितले ४ लाख रुपैयाँको ‘हरिगोपाल–गणेशमाया छात्रवृत्ति कोष’ नै खडा गरिसकेका छन् । यद्वपी सो कोषमा रहेको रकमबाट व्याज आगामी वर्ष मात्रै आउने भएकाले आफूहरुले यस वर्ष कोषबाहेक आफ्नो तर्फबाट छुट्टै छात्रवृत्ति वितरण गरेको साईंला छोरा सुदर्शन रञ्जितले बताए ।

कमेन्टहरु
Loading...