ह्याप्पी वोर्डिङलाई संचालन स्वीकृति

पोखरा, १९ चैत /ह्याप्पी वोर्डिङ स्कुलले मासबार बाटै संचालन स्वीकृति पाएको छ । २०४४ सालमा जिल्ला शिक्षा कार्यालय कास्कीमा दर्ता भएको स्कूलले पोखरा ७ मासबारबाट संचालनको अनुमति पाएको ह्याप्पी वोर्डिङका प्रमुख कार्यकारी अधिकृत कविराज बरालले जानकारी दिए । शिक्षा कार्यालय कास्कीले यस अगाडी स्वामित्व नामसारी र ठाउँसारी गर्न आलटाल गर्दै आएको थियो ।

उनले लामो प्रयास पछि ह्याप्पी वोर्डिङ स्कुलवाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन सफल भएको बताए । डिभि परेर अमेरिका गएका कविराज बराल र उनको परिवार नेपालमै केहि गर्नु पर्ने अडान लिएर नेपाल फर्केका थिए । १० वर्ष अमेरिका वसेका वराल ४ वर्ष अघि वोर्डिङ संचालन गर्न थालेका हुन् ।

कमेन्टहरु
Loading...