हंसपुरमा खाने पानीको हाहाकार

पोखरा ६ चैत्र /रुपामा गाउँपालीका वडा नम्वर ७ हंसपुरमा खानेपानीको चरम अभाव भएको छ । १२ सय पचत्तर घरधुरी रहेको वडामा काली पधेरी र रिस्ठे कुवाको पानी हिउँद महिनामा सुके पछि रामकोट, डिस्टा गाउँ र मगर गाउँमा खाने पानीको अभाव भएको कुर्लुङ जल उपभोत्ता समितिका सचिव कृष्णमणी सुवेदीले बताए ।

तीन ठाँउबाट खानेपानी लिफटीङ्ग गर्ने गरेको भए पनि कुर्लुङ खोलोको पानीले करिब पाचँ सय घर धुरीलाई मात्र पानी पुग्ने गरेको छ । पानी पम्पीङ्ग गर्ने मेसीन विग्रेकाले महिना दिन भयो खानेपानीको समस्याको सुबदीले जानकारी दिए । गाउँपालीकाको १५ लाख सहयोगमा नयाँ मेसीन खरीद प्रक्रियामा रहेको कुर्लुङ जल उपभोत्ता समितिका अध्यक्ष भोजराज सुबेदीले जानकारी दिए ।

करिब १२ सय मिटर तल खोलाबाट पानी तान्नु पर्छ मेसीन विग्रेर हैरान भएका छौ दश घरको एक ट्याङकी ४२ वटा स्टोर ट्याङकीबाट मासिक एक सय बिस रुपैया उपभोत्ताबाट रकम उठाएर संचालन गर्दै आएको सुवेदी बताए । मादी गाउँपालीको सिक्लेसमा ७२ किलोमिटर टाढा रहेको थाक खाने पानी आयोजनाले गाउँमा छिट पुट मात्रामा मात्र पाउने आउने गरेको छ ।

बिहान ४ वजे उठेर खानेपानी लिन जानु पर्छ नत्र भने पानी नै पाइदैन गाईवस्तु पाल्न समेत धौ धौ पर्न थालेको स्थानीय गंगा थापा दुखेसो पोखीन् । स्वास्थय चौकीमा समेत एक गाग्री पानी ल्याउन दुई घण्टा भन्दा बढी लाग्ने गरेको र पानीको अभावकै कारण गुणस्तरीय सेवा दिन गाहरो परेको स्वास्थ्य चौकी प्रमुख बिष्णु प्रसाद घिमीरे बताउछन् ।

 

कमेन्टहरु
Loading...