हेमजामा २४ सै घन्टा आकस्मिक उपचार सुविधा भएको अस्पताल सञ्चालनमा

पोखरा, ४ जेठ हेमजामा पहिलो पटक हेमजा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि सञ्चालमा आएको छ। २४ सै घन्टा आकस्मिक उपचार दिने उद्देश्यले शनिबार देखि हस्पिटलले आफ्नो सेवा सञ्चालन गरेको हो । हस्पिटलले सञ्चाल सगै हेमजा लगायत आसपासका ग्रामीण तथा छिमेकी गाविसका विरामीहरुले सहज रुपमा उपचार गर्न पाउने भएका छन् ।

अस्पतालले विशेषगरी डाविटिज थाइराइड तथा इन्डोक्राइन, नशा तथा मानसिक रोग, बालरोग,, पेटछाती तथा मुटु रोग, स्त्री तथा प्रसुती रोग, मृगौला रोग छाला तथा यौन रोग, फिजिशियन , अर्थाेपेडिक लगायतका सुविधाहरु उपलब्ध रहेको साथै एक्सेर भिडियो एक्सेर, माइनर अप्रेशन, विविध खोप सेवा, साइको थेरापी, परियार नियोजन सेवा, इन्डोस्कोपी, मुटुको भिडियो एक्सेरे तथा प्याथोलोजी सेवा दिनेछ ।

पाँच सिट आकस्मिक शैया क्षमता र २५ सिट शैया क्षमता रहेको अस्पतालमा २४ सै घन्टा आकस्मिक उपचारका लागि दुई जना मेडिकल अफिसर , दुई जना हेल्थ असिसटेन्ट र आठ जना स्टाप नर्स रहेका छन् । प्रोफेसर डा. देशराज बहादुर कुँवर, सहायक प्रोफेसर डा. अरुण कुँवर र बरिष्ठ डाइविटिज थाइराइड तथा इन्डोक्राइन रोग विशेषज्ञ ज्योति भट्टराईले महिनामा दुई पटक सेवा दिने र अन्य एम डी डाक्टहरुले प्रत्येक दिन सेवा दिने अस्पताल प्रशासन म्यानेजर राजेश त्रिपाठीले जानकारी दिए।

कमेन्टहरु
Loading...