पोखरामा बर्षा र हावाहुरी, चार घरको छाना उडायो

पोखरा, १० असार /पोखरामा मंगलबार साझँ आएको वर्षा सगैँको हावाहुरीले चार घरको छाना उडाएको छ ।

पोखरा महनगरपालीका वडा नम्बर ६ फेवाताल किनारको गाईघाटमा रहेका सुकुम्बासी टोलका चार घरको छाना उठाएको पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य हरीकृष्ण पहारीले जानकारी ।

सुकुम्बासी टोलमा बस्दै आएका रिना गुरुङ, सीता देबकोटा, शक्ती र राधा विकको घरको टिनको छाना उठाएको उनले जानकारी दिए । घरका छाना उठाए पछि घरका कोठा सामानहरु कामै नलाग्ने गरी भिजेका र फुटेका छन् ।

कोठामा रहेका टिभि, स्कुटर, राईस कुकर फुटेक छन् भने घर भित्र पानी पसी सुत्न नहुने अबस्था रहेको उनले बताए ।

उनीहरुका परिवारलाई छिमेकीको घरमा बस्ने व्यवस्था मिलाएको उनले बताए । प्रहरीले राती नै गएर क्षेतीको विवरण संकलन गरेको छ ।

कमेन्टहरु
Loading...