गरे के हुँदैन ? सडक नै कति राम्रो देखीयो पोखरामा (फोटो फिचर र भिडियो)

सागर राज तिमिल्सिना
पोखरा, १० साउन /पोखरा प्राकृतीक रुपमा हराभरा छ । यो हराभरा पोखरालाई अझ राम्रो बनाउन यहाँका स्थानीय पनि लागि परेका छन् । पोखरालाई पर्यटकीय सहरका रुपमा पनि चिनिदै आएको छ । देश विदेशबाट आउने पर्यटकलाई चिटिक्क र सफा पोखरा देखाउन पोखरा बासी लागि परेका हुन् ।

पछिल्लो समय सडक फराकीलो बनाउदा सडक विचमा रहेको डिभाइडरमा पनि हरियाली भरेर चिटिक्क पारेका छन् भने सडकको दुबै छेउमा रुख रोपेर चौतारा निमार्णको अभियान पनि अगाडी बढाएका छन् । पोखराको जिरो किलोमिटर देखी हल्नचोक सम्मको दुई किलोमिटर नमुना सडक बनेको छ । पैतल यात्रुहरुलाई बस्नका लागि सुविधा दिने उद्देश्यले नेपाली मौलिक रुपमा चौतारा बनाएको शान्तिनगर बुलौदी हरियाली उपभोक्ता समुहका अध्यक्ष ठाकुर बराल बताए ।

पोखरा ५, ६ र ७ वटामा पर्ने यो सडक पेटिको छेउमा अहिले सम्म ३४ वटा चौताराहरु निमार्ण भइसेका छन् । निमार्णका लागि आमा समुह, युवाक्लब, स्थानीय सबैले सहयोग गरेका छन् । सडक डिभाइडरको विचमा सोलार बत्तिले रातीमा झलमल बनाएको छ भने दुबो र धुपिले सबैको मनलाई प्रफुल्लीत बताएको छ । सडकको विचमा भएको हरियो दुबो र धुपिका विरुवाले कंक्रिट शहर हेरेर दिक्क भएकाको मन बहलाउदै सडक पार गर्ने गरेका छन् ।

फुलहरु रोप्दा गाई भैसीले खाने भएपछि धुपि र दुबो रोपेको पोखरा महानगर पालिका वडानम्बर ७ का अध्यक्ष रामचन्द्र बरालले बताए । उनले सधै हरियाली दिने छाउनका लागि रोपेको बताए । सबै विरुवाको रेखदेख र संरक्षण गर्न यस्तै राख्न चुनौती पुर्ण भएको अध्यक्ष बरालले बताए ।

उनले विरुवाको संरक्षणका लागि सिसिक्यामेरा राख्ने योजना रहेको सुनाए । सडकको छेउमा लगाइएका रुख विरुवाले गर्मीमा सितलता दिएको छ । यो सडकमा गाडी वा हिड्डुल गर्दा पहिलो पटक आउनेलाई कतै विदेश त आइन भन्ने भान हुन्छ र भन्छन् आहा कति राम्रो । पोखरा महानगरपालिकाको करिब १० लाख र स्थानीयको करिब ५ लाख गरी यो क्षेत्रलाई नमुना क्षेत्र बताएका छन् । यस्तो अभियानले पोखरालाई अझै राम्रो र सुन्दर देखीको छ । अन्यत्र पनि यस्तै सिको गर्नेकी ?

गरे के हुँदैन ? सडक नै कति राम्रो देखीयो पोखरामा
गरे के हुँदैन ? सडक नै कति राम्रो देखीयो पोखरामा
गरे के हुँदैन ? सडक नै कति राम्रो देखीयो पोखरामा
गरे के हुँदैन ? सडक नै कति राम्रो देखीयो पोखरामा
गरे के हुँदैन ? सडक नै कति राम्रो देखीयो पोखरामा
गरे के हुँदैन ? सडक नै कति राम्रो देखीयो पोखरामा

सुन्दर बन्दै सडक

हरियाली बन्दै सडक

Posted by AP1TV on Friday, July 13, 2018

कमेन्टहरु
Loading...