गोरखापत्र बार्षिक उत्सव पोखरा, ११८ औं वर्षमा

पोखरा, २४ वैशाख /प्रदेश नम्बर ४ का प्रमुख बाबुराम कुवँरले गोरखापत्र नेपाली पत्रकारिताको मर्यादाको सुचक रहेको बताएका छन् । गोरखापत्र दैनिकको १ सय १८ औँ वार्षिक उत्सव तथा तेस्रो राष्ट्रिय पत्रकारिता दिवसको उपलक्ष्यमा गोरखापत्र संस्थान पोखरा सम्पर्क कार्यालय द्धारा पोखरामा आयोजित कार्यक्रममा उनले त्यस्तो बताए ।

उनले गोरखापत्रले राज्य र नागरिकलाई बढी भन्दा बढी फाइदा दिन सक्ने पत्रकारिता गरेको बताउदै गोरखापत्रलाई समयसापेक्ष परिमार्जित गरेर लैजानुपर्ने आवश्यकता माथि पनि जोड दिए । उनले सामाजिक सुरक्षा सामाजिक न्याय र अपराध अनुसन्धानमा समेत गोरखापत्रको भुमिकालाई गहन रुपमा लिन आग्रह गरे ।

पत्रकारिता अख्तियार बिनाको अख्तियारी भएपनि नागरिक हकको जगेर्ना गर्न संविधान र कानुन अनुकुल सरकारलाई डोर्याउन मात्र नभई समाजको सारथीको रुपमा रहेको स्पष्ट पारे । त्यसै गरि संघिय संसदका संसद सुर्य बहादुर के.सीले राणाकालमा पनि पत्रिका चाहिन्छ भनेर पत्रिका प्रकाशन गर्नु जनतालाई सुचना को हक दिनका लागी सरकार लाग्नुपर्छ भन्ने उदाहरण भएको प्रष्ट्याए । गोरखापत्रले इतिहास मात्र बोकेर होइन यसलाई समयअनुरुप परिमार्जित गरि प्रतिष्पर्धी र व्यवसायी मुखी बनेर जान सुझाव दिए ।

न्युनतम पारिश्रमिक समितीका अध्यक्ष गंगाधर पराजुलीले सरकारी सञ्चार माध्यममा रहेका समाचारदाताहरुको बारेमा दिनुपर्ने सेवा सुविधा स्पष्ट हुनुपर्नेमा जोड दिए । त्यसै गरि नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले गोरखापत्र मुलुककै पत्रकारिताको इतिहास रहेको बताउँदैँ सरकारले आफु नियन्त्रित सञ्चारमाध्यम सञ्चालन गर्न नहुने विचार राखे । त्यसै गरि नेपाल पत्रकार महासघं कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठले गोरखापत्रको पहुँच जनता बीच पुर्याउन आग्रह गरे ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै गोरखापत्रका पोखरा सम्पर्क कार्यालयका संयोजक रमेश पौडेलले संघीयताको व्यवहारिक प्रयोगका लागि गोरखापत्रले कार्यक्रम राखेको बताउदै अबका दिनमा गोरखापत्रलाई जनताको प्रिय पत्रिकाको रुपमा अगाडि बढाउने बताउँदै गोरखापत्र एक शताब्दीको साक्षी भएको बताए । कार्यक्रमको सञ्चालन गोरखापत्रका समाचारदाता एकराज गिरीले गरेका थिए ।

कमेन्टहरु
Loading...