छिटो छरितो न्याय सम्पादन प्राथमिकतामा – प्रधानन्यायाधिश

पोखरा,२४ साउन / सर्वोच्च अदातलका प्रधान न्यायाधिश गोपालप्रसाद पराजुलीले छिटो छरितो न्याय सम्पादन आप्mनो पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ ।

पराजुलीको सम्मानमा पोखराको छोरेपाटनस्थित पर्यटकीय एवम् धार्मिक क्षेत्र गुप्तेश्वर गुफा व्यवस्थापन समितिद्वारा आज आयोजित अभिनन्दन पछि बोल्दै उहाँले जो कोही नागरिकले छिटो छरितो न्याय प्राप्त गर्नुपर्ने बताउँदै न्याय सेवाको प्रभाबकारिता अभिबृद्धिका लागि पनि आँफू सकृय बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कुनै पनि व्यक्ति तारिक लिनका लागि अदालत धाउनुपर्ने व्यवस्थाबाट न्यायालयलाई मुक्त गर्दै न्यायालयमा कागजी प्रयोगन्युनीकरणका लागि पनि गृहकार्य भैरहेको बताउनुभयो ।सरकारको विभिन्न शैक्षिक र धार्मिक क्षेत्रमा लगानी भए पनि गुफाले आफ्नै आम्दानीबाट धार्मक तथा शैक्षिक क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेको उहाँको भनाइ छ ।

न्याय सम्पादन एकपक्षीय नभई बहुआयामीक हुनु पर्ने बताउँदै उहाँले भन्नुभयो एक बर्ष म्याद काटेका मुद्दा अब कुनैपनि उच्च अदालतमा हुने छैनन् । सो अवसरमा प्रधानन्यायधिश पराजुलीलाई गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले अभिनन्नद पत्र सहित दोसल्लाले सम्मान गर्नुभएको थियो ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ का अध्यक्ष तिर्थराज अधिकारीले धार्मिक एवम् पर्यटकीय क्षेत्रको आम्दानीबाट शैक्षिक विकासमा टेवा पुगेको बताउनु भयो । गुप्तेश्वर गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको समारोहमा वरिष्ठ उपाध्यक्ष तुल्सीराम बराल, गुप्तेश्वर वहुमुखी क्याम्पसका अध्यक्ष प्रा.डा. भुपति ढकाल र सहसचिव पद्म बहादुर थापा लगायतले बोल्नु भएको थियो ।

कमेन्टहरु
Loading...