गुगलले नेपाली पनि अनुवादन

काठमाडौं, २६ मंसिर इन्टरनेट सर्च इन्जिन गुगलले नेपालीसहित थप ९ भाषाको अनुवाद सुरु गरेको छ । तीमध्ये चार एसियाली भाषा हुन् । गुगल अनुवादले नेपाली भाषाको अनुवाद गरेसँगै अन्तर्राष्ट्रियस्तरमा नेपाली भाषाको प्रबर्द्धन हुने विश्वास गरिएको छ ।

google

छिमेकी मुलुक भारतको हिन्दी भाषाको अनुवाद भने यसअघि नै सुरु भएको थियो । सेवा थपसँगै गुगलले अब ८० अलग भाषाबीच अनुवाद गर्न सक्दछ । ुगुगल ट्रान्सलेटु एक सर्भर साइड मेसिन अनुवाद हो । सफ्टवेयर कोष भाषा विज्ञान प्रविधि सफ्टवेयरबाट हुने अनुवाद पेसेवर अनुवादको जस्तै दाबी गरिए पनि नेपालीमा केही त्रुटि देखिएका छन् ।

नेपाली भाषा नेपालको राष्ट्र भाषा र सम्पर्क हो । भारत, भुटान र बर्माका केही भागमा नेपाली भाषा मातृ भाषाकोरुपमा बोलिने गरिन्छ । यो भाषा आर्य(भारोपेली समूहमा पर्दछ । राष्ट्रिय जनगणना २०६८ अनुसार मातृभाषी नेपाली ४४ दशमलव ६ प्रतिशत छन् ।

ुगुगल ट्रान्सलेटुले अबदेखि नेपालीसँगै पञ्जावी, न्यूजिल्याण्डको एउटा आदिवासीको मातृभाषा माओरी र मङ्गोलियन भाषालाई पनि सपोर्ट गर्नेछ । पञ्जावी विश्वभर बोल्ने चलनचल्तीका भाषामध्ये नवौं स्थानमा छ ।

विचार गर्ने भए यसमा जानुहोस् http://translate.google.com/#en/ne/

कमेन्टहरु
Loading...