Ganthan News Pokhara
All news from Pokhara & around

ग्लोबल रिचको ‘अष्ट्रेलियनएजुकेशन फेयर’आईतबार

0

पोखरा, ११ साउन /ग्लोबल रिचको अष्ट्रेलियन एजुकेशन फेयर आईतबार पोखरामा हुने भएको छ । पोखरा न्यूरोड स्थित सिटी स्क्वायर बैंक्वेटमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म शैक्षिक मेला संचालन हुने आयोजकले बताएको छ ।

शैक्षिक मेलामा अष्ट्रेलियाका छुट्टा छुट्टै १२ वटा कलेज र यूनिभर्सिटीका प्रतिनीधिहरुको सहभागिता रहने ग्लोबल रिच पोखराका ब्राञ्चको–अर्डिनेटर सरिता गुरुङले जानकारी दिईन् । ‘अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले छुटाउनै नहुने फेयर हो । त्यसैले विद्यार्थीहरुलाई निशुल्क रुपमा यो मौकाको फाइदा लिन म आह्वान गर्दछु ।’ गुरुङले भनिन् ।

त्यस्तै ग्लोबल रिच पोखराका मार्केटिङ म्यानेजर सागर बाबु गिरीले जो कोहीले पनि यो मेलामा सहभागिता जनाउन सक्ने बताए । ‘विद्यार्थी बाहेक उनीहरुका अभिभावक, साथीभाई, नातेदार समेतले यो मेलामा सहभागिता जनाएको राम्रो हो । जसबाट कालान्तरमा पनि उनीहरुलाई चाहिने आवश्यक जानकारी मिल्न सक्छ । त्यसैले हरेक उमेर समूहका मानिसहरु यहाँ आउन सक्छन् ।’ गिरीले भने ।

मेलामा १२ वटा शैक्षिक स्टलसँगै ५ वटा बैंकिङ स्टल पनि रहने आयोजकले बताएको छ । बैंकिङ स्टलबाट सहभागीहरुले वैदेशिक अध्ययनका लागि आवश्यक शैक्षिक कर्जाको विषयमा जानकारी लिन सक्नेछन् ।मेलामा आउने विद्यार्थीहरुका लागि कम्पनीले विशेष प्याकेजहरु पनि सार्वजनिक गरेको छ ।

कम्पनीले पहिलो १ सय जना विद्यार्थीहरुका लागि आकर्षक गिफ्ट ह्याम्पर उपलब्ध गराउने बताएको छ । त्यो बाहेक मेलामा आउने विद्यार्थीहरुले अष्ट्रेलियन कलेज तथा युनिभर्सिटीहरुबाट तत्कालै शत प्रतिशत छात्रवृत्ति समेत पाउन सक्ने जनाएको छ । त्यो बाहेक मेलामा सहभागी हुने विद्यार्थीहरुका लागि कम्पनीले पढाउँदै आएको आइईएलटिएस कक्षामा विशेष छुटको व्यवस्था पनि रहने उसले जनाएको छ ।

ग्लोबल रिच बहुराष्ट्रिय शैक्षिक परामर्शदाता कम्पनी हो । भारतमा मूख्य कार्यालय रहेको कम्पनीको फरक फरक देशमा गरेर ४० भन्दा बढि शाखाहरु संचालनमा छन् । पोखरामा यो कम्पनीले ४ वर्ष यता विद्यार्थीहरुलाई सुविधा दिँदै आएको छ ।

अरु सम्बन्धित खबरहरु