नेपाली भूमी अतिक्रणप्रति क्षत्रीको आपत्ती

पोखरा, २१ कार्तिक / राष्ट्रिय अखण्डता र जातीय सद्भाव सहित समग्र नेपाल रक्षाको निमित्त सदैव नेतृत्वदायी भूमिका खेल्दै आएको क्षत्री समाज नेपालले नेपाली भूमिको अतिक्रमणको विरोध गरेको छ ।

समाजले नेपालको सिमाना जोडिएका सिमा स्तम्भहरुलाई हटाई बारम्बार भारतीय पक्षले एकपक्षीय रुपमा सिमा अतिक्रमण गर्दै आएकोमा अहिले हदैसम्म गई नेपाली भूमि कालापानी, लिपुलेकलायई भारतको नयाँ नक्सामा समेटिएको देखिएकोले सो कार्यको घोर भत्र्सना सहित तुरुन्त सच्याउनुपर्ने, यस कदमले दुवै देशको आत्मीय सम्बन्धमा ठोस पुगेकोले सोमा समयमै सचेत रहनुपर्ने माग राखेको छ ।

समाजद्वारा विहीवार प्रकाशित प्रेस विज्ञप्तिमार्फत सो आपत्ती जनाइएको हो । शान्तिपूर्ण रुपले सरकारले यथाशीघ्र अन्तर्राष्ट्रिय रुपमा कुटनीतिक समाधान खोजिनुपर्ने माग समाजले राखेको छ ।

भारतीय पक्षबाट पटक पटक सिमानाको अतिक्रमण सहित सिमानाका नेपालीहरुको घरबार डुबान हुने गरी भौतिक संरचनाको निर्माण गर्ने कार्यले अन्तर्राष्ट्रिय रुपमा अन्तरदेशीय सम्बन्धमा गम्भीर असर पारेकोले समाजबाट यथाशक्य सम्वोधन गरिनुपर्ने अन्यथा समाजले भत्र्सना सहित देशव्यापी आन्दोलनमा उत्रिने जानकारी गराइएको छ ।

समाजका केन्द्रीय अध्यक्ष प्रा.डा.दिल बहादुर क्षेत्री र महासचिव केश बहादुर के.सी.द्वारा प्रेषित गरिएको विज्ञप्तिमा सो जानकारी गराइएको छ । राष्ट्रियताप्रति सबै पार्टी एक भई अगाडि बढ्न पनि सम्पूर्ण राजनैतिक दल र सरकारको ध्यानाकर्षण गराइएको छ ।

समाजले यस बारेमा कार्तिक २७ र २८ गते हुने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट देशव्यापी थप विरोधका कार्यक्रम गरिने योनजा रहेको केन्द्रीय उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख कृष्ण बहादुर थापाले बताए ।

कमेन्टहरु
Loading...