यौन हिंसाबाट बच्न महिलाले आत्मरक्षा तालिम लिए मात्रै पुग्छ ?

कविता घर्तीमगर
पोखरा, १२ चैत्र /विगतका दिनहरुमा एउटा मनोरञ्जनात्मक कसिका रुपमा मात्र लिने गरिएको खेल क्षेत्रलाई पछिल्लो समयमा शारीरीक फिट्नेस सगँ जोडिन थालेको छ । अझै भन्ने हो भने महिलाको आत्मरक्षासंग जोडिएको छ ।

हाम्रो समाज शिक्षित र विकास उन्मुख हुदै गर्दा झनै दिन प्रति दिन बढ्दै गएको बलात्कार तथा यौनजन्य अपराधहरुले महिलाले असुरक्षित तथा हिंशाबोध गरिरहेका छन् ।

विशेष गरी स्कुल पढ्ने छात्राहरुमा यस्ता घटनाहरु भैरहेका छन् र यस्ता दुर्घटनाबाट बच्न र बचाउनको लागि छात्राहरुले आत्मरक्षाको तालिम लिन आवाश्यक छ । पछिल्लो क्रममा बलात्कार तथा यौनजन्य घटना किशोरीको पारिवारिक पृष्ठभुमि, उनको सत्तासिन पहुँच छ छैन, र उनको कम्जोरीपन लगाएतको फाईदा उठाएर पुरुषबाट बलात्कृत हुन बाध्य भएको पाईएको छ ।

यसै घटनालाई मध्यनजर गरि लेकसाइड डोजाङ्गले विगतका वर्षहरु देखि एक महिने निःशुल्क मार्सल आर्ट मध्येको तेक्वान्दो डब्ल्युटिएफ तालिम दिदै आईरहेको छ ।

महिलाहरुले सम्भावित आक्रमणलाई केहि हदसम्म भएपनि शारीरिक तथा मानसिक रुपले प्रतिकार गर्न सक्ने क्षमताको विकास गर्नको लागी आईतबारदेखि एक महिनाको लागी निशुल्क आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । पछिल्लो समयमा महिला माथी बलात्कार तथा आक्रमणका घटनामा बृढी भएकोले यो एक महिले तालिम उपयोगी हुने लेकसाइड डोजाङ्गका प्रमुख तथा प्रशिक्षक प्रितम कुवँरले जानकारी दिए ।

विगतका बर्षहरुमा आफ्नो दोजाङले मात्रै सञ्चालन गर्दै आएको एक महिने निशुल्क तालिममा यस वर्षदेखि भने ६ नं। वडा कार्यलय तथा स्थानिय जनप्रतिनीधि तथा केहि समाजसेवीहरुले समेत सहकार्य गरेका छन ।

गरिब जेहेन्दार छात्रालाई लक्षित गरि आईतबारदेखि सुरुभएको तालिममा तालवाराही मावि, वाराही मावि तथा श्रीकृष्ण विद्यालय लगाएतका सरकारी विद्यालयबाट ५० भन्दा बढी छात्राहरु सहभागी भएका छन । साथै उनले आफ्ना छोरीहरु, छात्राहरुलाई एक महिने निशुल्क तालिममा सहभागी गराउन सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।

तेक्वान्दो सिक्न हाललाई ४० जना विधार्थी रहेको यस प्रशिक्षण केन्द्रमा १५ जना निशुल्क प्रशिक्षणका विधार्थी रहेका छन् । दुइ दशक लामो समय देखि यस्तो साहासिक आत्मरक्षा खेल खेलाउदै आएका कुवँरले विभिन्न सामाजिक क्षेत्रमा पनि सहयोग गर्दै आएको पाइएको छ । उनको प्रशिक्षणबाट अगाडी गएका तेक्वान्दो खेलका विधार्थीहरु अन्तराष्ट्रिय खेलमा समेत भाग लिएका तथा खेलमा सफल भएका पनि छन् ।

यौन हिंसाबाट बच्न महिला

विस्तारै शिक्षित हुदै गरेको आम नागरिक तथा भौतिक विकासले गति लिदै गरेको हाम्रो देश नेपाल, जति शिक्षित र भौतिक विकास तिव्र गतिमा अगाडी बढिरहेको छ त्यति नै हिंशा,हत्या बलात्कार जस्ता जघन्य अपराध पनि मौलाईरहेको छ ।

यस्ता खालका घटनाहरुबाट महिला झनै पिडित छन् । प्रहरीकै तथ्यांक अनुसार पछिल्ला चार वर्षयता देशभरी गरी झण्डै ३७ सय बढि बलात्कार र बलात्कारको प्रयासको अभियोगमा १८०० बढी मुद्दा दर्ता भएका छन्। बलात्कार तथा यौनजन्य घटना देशैभरी भैरहदा नेपालका विभिन्न स्कुल तथा स्थानमा छात्रा तथा महिलाहरुका लागी आत्मरक्षा तालिम भनेर सञ्चालन गरिएका छन ।

के अव आत्मरक्षा तालिम लिए महिला यौनजन्य हिंशाबाट मुक्त हुन्छ रु के महिलालाई अव आत्मरक्षा तालिम लिनु आवश्यक नै हो भन्ने प्रश्न महत्वपुर्ण छ ।

जवसम्म एउटा घरमा एउटा घरबेटीले असुरक्षित महसुस गरे कुकुरदेखि सावधान भनेर लेखिएको बोर्ड हटाउदैन, जवसम्म एउटा पुरुषले किशोरीको पारिवारिक पृष्ठभुमि, सत्तासिन पहुज, पद ,पैसा लगाएत कुरा अडकलबाजी लगाएर बलात्कारको मानसिकता सिर्जना गर्छ तवसम्म हाम्रो देशलाई शिक्षित ,भौतिक विकास तथा शान्तिपुर्ण देश भनेर ठोकुवा गर्न अझै मुस्किल छ । महिलाहरुले आफुमाथि भएको हिंसा, मार्सल आर्ट सिक्दैमा मात्र समाधान हुदैन ।

कानुनी कार्यान्वयनमा फितलोपन ,ब्यक्तिको मानसिकता र रुढीबादी सामाजिक मान्यताले महिला झनै हिंशा सहन बाध्य भएको हो । अरुको छोरीचेलीलाई पनि आफ्नोपनको आभास गर्ने, उल्लेखित कानुन भरपुर कार्यन्वयन गरेमा र रुढीबादी सामाजिक मानसिकतालाई परिवर्तन गरेमा मात्र हामी सभ्य ,शान्ति र विकसित देशको नागरिक ठहरिने छौ ।

यस्ता खालका समस्या न्युनिकरणका लागी सबै भन्दापहिले स्वयम ब्यक्तिको मानसिकता बदल्नु आवश्यक छ त्यसपछि परिवार ,टोल समाज हुदै राष्ट्रका हामी आम नागरिक साच्चिकै सकरात्मक बाटो तर्फ अगाडी बढ्नेछौ ।

कमेन्टहरु
Loading...