घान्द्रुकको साम्रोङ खोलामा झोलुङगे पुल

पोखरा, ९ कात्तिक / अन्नपूर्ण गाउँपालिका ११ स्थित साम्रोङखोला झोलुङगे पुलको बिहीबार उद्घाटन गरिएको छ । दुई सय ८७ मिटर लामो तथा एक सय ३५ मिटर उचाईको उक्तपुलको सहयोगी संस्थाका दुरीका प्रमुख सर माइकल कादुरीले उद्घाटन गरेका हुन ।

तीन करोड पचास लाखको लागतमा निर्माण भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेश सदस्य राजिब पहारीले अन्नपूर्ण क्षेत्रमा रहेका पदमार्गलाई व्यवस्थितगर्न भुमिका खेल्ने औँल्याउँदै आफ्नो कार्यकालमा नयाँपुल देखि घान्द्रुकसम्मको सडकलाई कालोपत्रे गर्ने प्रतिबद्घता व्यक्त गरे । उनले पुल निर्माण सँगै घान्द्रूकवासीको विकासको नयाँ ढोकाखुलेको पनि जनाएका थिए ।

कादुरीका प्रमुख सर माइकल कादुरीले पुलनिर्माणसँगै पुलको प्रयोग गरी स्थानीयको जीवनस्तर उकासिनुपर्ने भन्दैपुलको भरपुर फाइदालिनआग्रह गरे।उनले पुलनिर्माणमा सहयोग गर्ने सबैप्रतिआभार पनि प्रकट गरेका छन् ।

निर्माण समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष हिमबहादुर गुरुङले वर्षै देखिको आफुहरुको सपना पुरा भएको दावी गर्दै सहयोगी कादुरी संस्था प्रति दिए । उनले पुलनिर्माणमा करिव १ करोडको हाराहारीमा स्थानियको सहभागिता रहेको बताए ।

पुलका स्पोन्सरनजरमान गुरुङले पुल निर्माण सँगै आफुहरुका पीडाका दिनहरु दुरभएको भनाई राख्दैपारदर्शी तवरले पुलनिर्माण गरिएको दावी गरे । पुलका प्राविधिक निर्देशक इ. नारायण गुरुङल ेपुलको क्षमता एक सय २८ टनसम्म रहेको र पुलकास्कीजिल्लाकै सबैभन्दालामो भएको जानकारी गराए।

पुलनिर्माण भएसँगै करिव १ घण्टाको बाटो छोटीएको स्थानीयको भनाई छ । जसबाट घान्द्रुककाझिनु, छोम्रोङ, साम्रोङ, ताउलु गाउँवासी लगायत दैनिक अन्नपूर्ण आधार शिविर जाने आउने सयौं पर्यटकहरु लाभान्वित हुने छन् ।

कमेन्टहरु
Loading...