पत्रकार पाण्डे हाम्रो सहयोगी पुरस्कारवाट पुरस्कृत

पोखरा, ३० भदौ/पत्रकार घनश्याम पाण्डे शनिवार पुरस्कृत भएका छन् । पोखराको पृथ्वीचोकमा रहेको हाम्रो

सहयोगी बचत तथा ऋण सहकारी संस्थाले स्थापना गरेको पत्रकारिता पुरस्कारवाट पाण्डे पुरस्कृत भएका हुन् ।

रेडीयो गण्डकीका स्टेशन म्यानेजर पाण्डेलाई मिडियावाट सहकारी क्षेत्रको प्रवद्र्धनमा भूमिका खेलेको भन्दै

सहकारीको नवौँ वार्षिक साधारणसभाको अवसरमा गण्डकी प्रदेशका आर्थिक योजना मन्त्री किरण गुरुङले

नगद, दोसल्ला तथा सम्मानपत्रवाट पुरस्कृत गरे । पुरस्कारको राशी नगद ५ हजार ५ सय ५५ रहेको छ । पुरस्कृत

पाण्डे यसअघिपनि पृथ्वी होटल पत्रकारिता पुरस्कार, रोयल पत्रकारिता पुरस्कार लगायतका पुरस्कारवाट पुरस्कृत

भईसकेका छन् ।

आर्थिक योजनामन्त्री गुरुङले कर नतिर्ने नागरिकनै हुन नसक्ने दावी गरे । जनताले तिरेकोकर वाटनै सरकारले

देश विकास र जनतालाई सेवा सुविधा दिने भएकोले उद्योगी व्यवसायीले कर तिर्न आनाकानी गर्न नहुने भनाई

मन्त्री गुरुङको छ । ‘नागरिकता पाउदैमा देशको नागरिक भईदैन। जसले देशलाई कर तिर्छ त्यो मात्र नागरिक

हो।’ मन्त्री गुरुङले भने ।

पुरस्कृत व्यक्तित्व पाण्डेले पुरस्कारले आफुलाई अझ वढि सहकारीको क्षेत्रमा कलम चलाउन जिम्मेवार वनाएको

भनाई राखे । सहकारीका अध्यक्ष शिवप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद कृष्ण

थापा, सहकारीका निर्वतमान अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य किशान सुनार

लगायतले वोलेका थिए ।

कमेन्टहरु
Loading...