जनआन्दोलन घाईतेलाई इजरायलबाट आर्थिक सहयोग

पोखरा, १ साउन । तेह्र वर्ष पहिला ६२÷६३ को जनआन्दोलनमा पोखराको चिप्लेढुङ्गामा घाइते हुनुभएकी लिला गुरुङलाई इजरायलमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।स्याङजा जिल्ला विरुवा गाउँपालिका वडा नं. ७, वलेउ स्थायी घर भई रोजगारीको सिलसिलामा हाल इजरायलमा रहेका फिष्टेल न्युज डट कमका संचालक दिपेन्द्र गुरुङले त्यहाँ कार्यरत नेपालीहरुबाट संकलन गरेको ४५ हजार तिन सय ४५ रुपेैया सहयोग मंगलबार उहाँकै डेरामा पुगी फिष्टेल न्युज डट कमका पोखरा प्रतिनिधि लोकेन गुरुङले सो रकम मंगलबार हस्तान्तरण गरेका हुन् ।

इजरायलमा कार्यरत मञ्जु गुरुङ, नानीमाया तामाङ, विष्णु गुरुङ, प्रिया गुरुङ, मारले गुरुङ, जिनि गुरुङ, अर्चना गुरुङ, विष्णु पुन, पेमा शेर्पा, जिनिता गुरुङ, लिला थापा, रिचा गुरुङ, सनम थापा, देवकुमारी मगर, सुनिता गुरुङ, अमु गुरुङ, लक्ष्मी गुरुङ, काली पुर्जामगर, तेजेन्द्र गुरुङ, जुनु राई र फिष्टेल न्युज डट कम परवार लगाएतले उक्त आर्थिक सहयोग गरेका थिए ।

सो अवसरमा सहयोग हस्तान्तरण गर्दै लोकेन गुरुङले पिडित घाइतेको स्वास्थ्य लाभको कामना गरेका थिए ।विगत ३५ वर्षदेखि पोखरामा सानो तिनो व्यापार गर्दै आएकी लिला गुरुङले जनआन्दोलनमा गोली लागेर घाइते भएपछि कुनै पनि काम गर्न नसकेको वताईन । चरक हस्पिटलमा उपचार भइ रहेको र विभिन्न सञ्चार माध्यममा आएका समाचारबाट थाहा पाएर हालसम्म १२ लाख भन्दा वढि आर्थिक सहयोग प्राप्त भएको उनका भाई महेन्द्र गुरुङले वताए।

कमेन्टहरु
Loading...