गौरी शंकर मनिलाल उच्च माविको वार्षिकोत्सव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङ सम्मानीत

पोखरा, १४ माघ/गौरी शंकर मनिलाल उच्च माद्ययमिक विद्यालय ल्वाङघलेल कास्कीले ४२ औं वार्षिकोत्सवका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरेको छ । विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गरेको भन्दै विद्यालयले व्यवस्थापन समितिका अध्यक्ष एंव समाजसेवी रामहरि गुरुङलाई सम्मान गरेको हो ।गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रध्यापक डाक्टर वीरेन्द्रसिंङ गुरुङले सम्मान पत्र सहित खादा लगाएर सम्मान गरेका थिए । व्यवस्थापन समितिका अध्यक्ष गुरुङले विद्यालयले गरेको सम्मानले आफूलाई समाजसेवामा अझै खुलेर लाग्न हौसला मिलेको बताउ“दै विद्यालयको विकासमा हरक्षण लाग्ने प्रतिवद्धता पनि जनाए । कार्यक्रमका प्रमुख अतिथि प्रध्यापक डाक्टर वीरेन्द्रसिंङ गुरुङले शिक्षक भनेको रोलमोडल भएकाले विद्यार्थीलाई रचनात्मक तरीकाबाट शिक्षण गर्न अनुरोध गरे ।

‘अहिले शिक्षा क्षेत्रमा विकृति भित्रिएको छ,’ उनले भने,‘विद्यार्थीहरुलाई रेडिमेट उतर लेखाउने चलन अन्त्य गर्नुपर्छ, यसले विद्यार्थीमा मौलिक उतर लेख्नुपर्छ भन्ने भावना नै हटेको छ, यसलाई सामूदायिक विद्यालयले हटाउनु आवश्यक छ । उनले शैक्षिक क्षेत्रलाई विजनेशको रुपमा हेर्ने संस्कार वृद्धि भैरहेकाले सरकारी लगानी भए नभएकोमा नै प्रश्न उठेको बताए । उनले विद्यार्थीका लागि मात्रृभाषामा शिक्षा दिनुपर्नेमा पनि जोड दिदै गुणस्तरीय शिक्षामा ह्रास आएकोमा दुःख व्यक्त गरे । त्यस्तै कार्यक्रमका विशेष अतिथी तमु सा“स्कृतिक प्रतिष्ठानका प्रथम उपाध्यक्ष चिजकाजी गुरुङले भविष्यका कर्णधार विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन शिक्षक र अभिभावकले निरन्तर निगरानी राख्नुपर्ने बताए ।

उनले सन्ततीको भविष्य उज्यालो भए सम्पूर्ण क्ष्ँेत्र सप्र्रर्ने बताउ“दै बालबच्चाको शिक्षामा ध्यान दिन अनुरोध गरे । कार्यक्रममा विद्यालयका प्रधानध्यापक कुलप्रसाद अधिकारीले विद्यालयका गतिविधीका बारेमा जानकारी दिएका थिए । उनले बार्षिक आय–व्यय प्रस्तुत गर्दै बालबच्चको पढाईमा निगरानी राख्नपनि अभिभावकस“ग अनुरोध गरे । ‘विद्यालयले अग्रेजी माध्यममा पढाई सुरु गरेको छ, उनले भने,‘ विद्यार्थीमा अग्रेजी र नेपालीमा भाषामा पढाउ“दा केही ग्याप देखिएको छ, यसलाई हटाउन शिक्षकहरुलाई तालिम तथा दक्ष शिक्षकको व्यवस्था गर्नु सम्बन्धीत निकायलाई आग्रह गर्छु ।’

कार्यक्रममा युवा क्लव, आमा समूह, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा छिमेकी विद्यालयका शिक्षिक सहभागि थिए । सहायक क्याम्पस प्रमुख रक्षबहादुर क्षेत्रीले स्वागत गरेको कार्यक्रम शिक्षक जीतबहादुर क्षेत्रीले गरेको थिए । विद्यालयले वार्षिकोत्सव कार्यक्रममा चारदिवसीय खेलकूद कार्यक्रम पनि आयोजना गरेको छ । खेलकुद मंगलबारबाट सुरु भएको विद्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...