गौरी घाटमा रहेको शिबमन्दिर उद्घाटन

पोखरा, १ फागुन /पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ गोरीघाटमा रहेको शिबमन्दिर परिसर गौरीघाटमा निर्मित पार्कको मंगलबार उद्घाटन गरिएको छ । पार्कको प्रतिनिधि सभाका सांसद रबिन्द्र अधिकारी र प्रदेश सभाका सांसद राजिब पहारीले उद्घाटन गरे ।

उद्घाटन गर्दै सांसद अधिकारीले पर्यटकीय क्षेत्र लेकसाइड अब सफा र आकर्षक मात्रै नभई संसारकै उत्कृस्ट गन्तब्य बनाउन लागि पर्ने बताए । यो क्षेत्रकै पर्यटकीय गहना फेवा तालको संरक्षणका निम्ति विशेस कार्यक्रम बनिसकेको बताए । नयाँ सरकारको गठन सगै अब बन्ने सरकार बिशेष कार्य योजना सहित अघि बढ्ने बताए ।

फेवा तालको माटो फाल्न दिर्घकालिन रुपमा अघि बढाउनु पर्ने भन्दै क्षणिक रुपमा पटक पटक काम गर्नु नपर्ने गरि योजना बनाउने बताए । त्यस्तै प्रदेश न ४ का प्रदेश सभा सांसद राजिब पाहारिले कुनै पनि बहानामा अब तालको संरक्षण र सम्बर्दनका विरुद्ध आउने सड्यन्त्र परास्त गर्ने बताए ।

कार्यक्रममा नागरिक समाजका अगुवा बिष्णु हरि अधिकारी, पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्मा, पोखरा लेखनाथ महानगर वडा न ६ का अध्यक्ष जगत पहारी लगाएतले मन्तब्य दिएका थिए । निर्माण कार्य सम्पन्न गर्न चार लाख ९ हजार खर्च भएको थियो ।

जसमा सांसद अधिकारीको निर्बाचन क्षेत्र विकाश कार्यक्रमबाट एक लाख र अन्य रकम स्थानीय सहभागिताबाट जुटाइएको आयोजकले शिब मन्दिर पार्क निर्माण समितिका अध्यक्ष लभ भुजेल जानकारी दिएको छ । शिब मन्दिर पार्क निर्माण समितिका अध्यक्ष लभ भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, गौरीघाट बाताबरण तथा समाज सुधार समितिका अध्यक्ष कुश भुजेलले स्वागत र निर्माण समितिका सचिब कृष्ण पहारीले संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...