पोखरामा ग्याँस कालोबजारी गर्ने १ सय ६० सिलिण्डर सहित पक्राउ

पोखरा, १२ बैशाख/जिल्ला प्रहरी कार्यालय कास्कीले ग्यासको कालोबजारी गर्ने पोखरा रामबजारका अशोक गोशलीलाई पक्राउ गरेको छ ।

पोखरा १० रामबजार स्थित गोशली भाँडा पसलमा बढी मुल्य लिईग्याँस सिलिन्डरहरु बिक्री गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले गोप्यरुपमा अनुसन्धान गर्दा उक्त पसलबाट प्रति सिलिण्डर ४ हजार ५ सय रुपैयामा विक्री वितरण गरेको खुलेको थियो ।

गोशलीले विक्री गर्न राखेको १ सय ६० ग्यांसको भरी सिलिण्डर सहित निजकै पसलबाट पक्राउ गरिएको अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...