ग्याँसको कालोबजारी गर्ने महतगौडाबाट प्रक्राउ

पोखरा, ३० जेठ /पोखरा उपमहानगर पालिका वडा नं१७ महतगौडा एक जनालाई प्रहरीले ग्याँसको कालोबजारी गरेको आरोपमा प्रक्राउ गरेको छ । प्रहरीले महतगौडा सप्लायर्समा ग्याँसका ४५ वर्षिय ठमराज भण्डारीलाई प्रक्राउ गरेको हो ।

कालोबजारी गरी तोकिएको मुल्य भन्दा बढि रकम लिई विक्रि बितरण गरि रहेको छ भन्ने बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिईएको प्रहरी भण्डारीलाई प्रक्राउ गरेको हो ।

उनले कालोबजारी गरी बढि रकम लिई बेचविखन गर्दै गरेको अवस्थामा फेला पारी गृह लक्ष्मी ग्यांसको भरी सिलिन्डर २६ थान सहित प्रक्राउ गरेको हो । भण्डारीलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट कालोबजारी तथा केही सामाजिक अपराध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...