गिरीको हत्या भएको भन्दै आफन्तद्धारा छानविनको माग

पोखरा, २१ भाद्र/कास्कीकोट घर भई हाल लेखनाथ रिठ्ठेपानी बस्ने भक्त गिरीको हत्या भएको आफन्तले अनुसन्धानको माग गरेका छन् । शुक्रबार अफिसको कार्यक्रम सकेर घर हिँडेका ५४ वर्षीय गिरी आइतबार टाउकोमा चोट लागेको अवस्थमा पोखरा–१४ नहरमा सव भेटिएको थियो ।

शनिबार राति परिवारसँग फोन सम्पर्क भएको मृतकका छोरा उज्जवलले बताए । उनले राति ८ बजेतिर बुवासँग फोनमा कुरा भएको बताए । उनले टाउकोमा गहिरो चोट लागेको हुनाले बुवाको हत्याभएको हुुन सक्ने बताए । ‘घर आउँदा हामी अर्घौं चोकमा झर्नुपर्छ,’ उनले भने, ‘नयाँ एयरपोर्टनिर बुवाको शव भेटिएको छ ।’ घटनाको अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाउनु उनले प्रहरीलाई अनुरोध गरे ।

गिरीले विगत १२ वर्षदेखि लवकुश डेरीमा काम गर्दै आएका थिए । आइतबार गिरीको पोखरा–१४ नयाँ एयरपोर्टनिरको नहरमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । टाउकामा चोट लागेको र एउटा खुट्टामा मात्र जुत्ता लगाएको अवस्थामा भेटियो । गिरीको साथमा नगद १७ हजार ५ सय १५ रुपैयाँ र नागरिकताको फोटो कपी लगायतको कागजात फेला परेको प्रहरीले जनाएको छ । गिरीका एक श्रीमती, छोरा र तीन छोरी छन् ।

कमेन्टहरु
Loading...