को हुन् पत्रकार गंगाधर पराजुली

पोखरामा रहेरपनि पत्रकारिताको माध्यमबाट राष्ट्रिय पहिचान बनाउन सफल व्यक्तित्व हुन् गंगाधर पराजुली । करिब २५ वर्ष पत्रकारिता पेशा र पत्रकारिताको राजनीतिमा निरन्तर सक्रिय रहेका कारण पनि पराजुलीको प्रभाव आम पत्रकारहरु माझ राम्रो मानिन्छ ।

व्यवस्थापन विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन गरेको भएपनि उनी २०४९ सालदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् । पोखराको बाराही माविमा कक्षा ८ मा पढ्दै गरेको अवस्थामा २०४० सालमा कास्की कांग्रेसले पोखराको न्यूरोडमा वृक्षरोपण गरेर बीपी स्मृति दिवस मनाउँदै गर्दा कांग्रेसका आम नेताहरुसंगै उनी पनि पक्राउ गरेका थिए । त्यसपछि २०४६ सालको जनआन्दोलन ताका उनी चापाकोट गाविस वडा नं ७ (हाल पोखरालेखनाथ महानगरपालिका वडा नं २३) स्थित सिद्ध बराह माविमा शिक्षक थिए ।

शिक्षक भएर पनि पञ्चायत विरुद्धको आन्दोलनमा सक्रिय भएको भन्दै प्रहरी सुरक्षाकर्मीहरुले विद्यालय घेरा हाली उनलाई पक्राउमात्र गरेनन्, निर्मम कुटपिट र यातना दिंदै ८/ १० घण्टा पैदल हिडाउदै पोखरा ल्याएर करिब २ महिनासम्म जेलमा राखे । २०४६ चैत्र २६ गते राति पञ्चायती व्यवस्थाको अवसान र बहुदलीय प्रजातन्त्रको पुनःस्थापनाको घोषणा भएपछि मात्र उनी जेलमुक्त भएका हुन ।स्वतन्त्रता, प्रजातन्त्र र मानव अधिकार सहित पत्रकारितामा विशेष रुचिका कारण पत्रकारितामा होमिएका पराजुलीले नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ र लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिका उपसभापति र उपाध्यक्ष भएर काम गरिसकेका छन् ।

२०६२/०६३ को जनआन्दोलन ताका पत्रकार महासंघको केन्द्रीय उपसभापति रहेका समयमा पोखरा र काठमाडौं लगायत विभिन्न स्थानमा आन्दोलनका कार्यक्रममा सहभागी हुँदा कैयौं पटक पक्राउ गरेका थिए । महासंघ र युनियनका साथै नेशनल युनियन अफ जर्नालिष्टको केन्द्रीय समितिमा रहेर काम गरेका कारण मुलुकका अग्रज, समकालिन र पत्रकारितामा सक्रिय सबै तहका पत्रकारहरुसंग पराजुलीको व्यक्तिगत सम्पर्क र सम्बन्ध छ ।

यसका साथै गोरखापत्र दैनिक र गोरखापत्र संस्थानका प्रकाशनहरु , कान्तिपुर दैनिक तथा कान्तिपुर पव्लिकेशनका प्रकाशनहरुका साथै नेपाल टेलिभिजन, नेपाल समाचार पत्र लगायत राष्ट्रिय संचारमाध्यममा लामो समय सक्रिय रहेकाले पनि पराजुलीको सम्बन्ध विभिन्न जिल्लाहरुमा पनि त्यत्तिकै छ । नेपाली कांग्रेस निकट पत्रकारहरुको रुपमा चिनिएका उनको स्वभाव र व्यवहारका कारणकांग्रेस वाँ अन्य राजनीतिक दल निकटरहेका पत्रकारहरु पनि उनीसंग नजिक छन् । जिल्ला भ्रमणका क्रममा उनि सबै बिचार बोक्ने पत्रकार संग भेट गर्न रुचाउछन ।

स्पष्ट वक्ता र खुल्ला स्वभावका पराजुलीलाई राष्ट्रिय समाचार समितिको संचालक समितिको सदस्यमा नियुक्त गरिएको भएपनि केही समय बाँकी छँदै उनले त्यो पदबाट राजीनामा दिएका थिए । आफूले राससको महाप्रवन्धक बन्ने चाहना राखेको भएपनि माओवादीका प्रभावशाली नेता जनार्दन शर्माका भाइलाई राससको महाप्रवन्धक बनाइएपछि गत जेठ महिनामा उनले सदस्य पदबाट राजीनामा गरेका हुन् । पराजुली राससको बोर्ड सदस्य रहेको समयमा राससकर्मीको सुविधा र दक्षता अभिवृद्धिका लागि समेत केही महत्वपूर्ण काम भएका थिए । यसका साथै राससको समाचार सेवालाई थप गुणस्तरीय बनाउन र मुलुकभित्र र बाहिरका सबैजसो पत्रपत्रिका, एफएम, रेडियो, टेलिभिजन र अनलाइन सेवाको पुहँचमा पुर्याउन उनले गरेको पहल पटकपटक संचारमन्त्री फेरबदलका कारण सम्भव हुन सकेको थिएन ।

बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार गंगाधर पराजुलीलाई
बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट पोखराका पत्रकार गंगाधर पराजुलीलाई

पत्रकारितामा पराजुलीको सक्रियता र योगदानको प्रशंसा गर्नेहरु पनि पर्याप्त छन् । उनले एफएम रेडियोमार्फत विभिन्न व्यक्तित्वसंग अन्तर्वार्ता लिने र समाचार वाचन गर्ने शैलीमात्र नभएर उनको लेखनशैली मन नपराउने कमै छन् । जसका कारण उनको कार्यशैलीको प्रशंसा स्थानीय स्तरमा मात्र नभएर देशभित्र र बाहिर पनि हुने गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय उपसभापति रहेको बेला उनी दक्षिण कोरियामा नेपाली पत्रकारको नेतृत्व गरि एक कार्यक्रममा सहभागी भएका थिए ।

एशियन जर्नालिष्ट एशोसिएशन आजाले एशियाली मुलुकसहित अन्य मुलुकका पत्रकारहरुलाई सहभागी गराएको कार्यक्रममा पराजुलीले नेपाली प्रेसले तत्कालिन अवस्थामा भोग्नुपरेका चुनौती र नेपालमा प्रेस स्वतन्त्रताका अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेपछि उनलाई एशिएन जर्नालिष्ट एशोसिएशनले एक हजार डलरको पुरस्कार प्रदान गर्यो । उनले त्यो पुरस्कारको रकम नेपाल पत्रकार महासंघलाई हस्तान्तरण गरेका थिए । यस बाहेक पराजुलीले विभिन्न राष्ट्रिय पुरस्कारहरु पनि प्राप्त गरेका छन् ।

गंगाधर पराजुली
गंगाधर पराजुली

नेपाल पत्रकार महासंघ कास्कीले प्रजातन्त्रका सेनानी दयाशंकर पालिखेको स्मृतिमा संचालन गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार, नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार, नेपाल जेसीसले प्रदान गर्दै आएको राष्ट्रिय युवा प्रतिभा पुरस्कार, नेपाल पत्रकार महासंघ कास्कीले संचालन गर्दै आएको गजेन्द्र भण्डारी स्मृति सृजनशील पत्रकारिता पुरस्कारसहित विभिन्न सम्मान र पुरस्कार समेत उनले प्राप्त गरेका छन् । पत्रकार महासंघले प्रदान गरेको पुरस्कार पुर्व प्रधानमन्त्री शुसिल कोईरालाको हातबाट र प्रेस युनियनले प्रदान गरेको पुरस्कार प्रधानमन्त्री शेर बहादुर देउवाको हातबाट उनले लिएका हुन । केही दिन अगाडी मात्र पराजुलीले अग्रज पत्रकार बालकृष्ण उग्रताराको स्मृतीमा स्थापित एवं पोखरा एक्सप्रेस पत्रिका द्वारा संचालित राष्ट्रीय पत्रकारिता पुरस्कार प्राप्त गरेका छन ।

संचार र पत्रकारितासंग सम्बन्धित एवं अन्य संघ–संस्थाबाट पनि उनी सम्मानित र पुरस्कृत भएका छन् ।
पत्रकार पराजुलीले विभिन्न मुलुकको भ्रमण गरि त्यहाँ रहेका नेपाली पत्रकारहरुको अवस्था र सम्बन्धित मुलुकको पत्रकारिताको अवस्थाका बारेमा पनि जानकारी लिएका छन् । सन् २००६ मा दक्षिण कोरियाको दुई साता लामो भ्रमण गरेका पराजुलीले सन् २०१३ मा संयुक्त राष्ट्रसंघीय कार्यक्रम अन्तर्गतको पिस किपिङ्ग मिसनमा द्वन्दग्रस्त मुलुक हाइटीको पनि दुईसाता लामो भ्रमण गरेका थिए । यसैगरी सन् २०१४ मा जापान, सन् २०१५ मा अमेरिका र सन् २०१६ मा वेलायतको भ्रमण गरेको पराजुली ती मुलुकमा रहेका नेपाल पत्रकार महासंघका शाखाहरुले आयोजना गरेकाा सम्मान तथा अन्तरक्क्रिया कार्यक्रममा सहभागी भएका थिए ।

नेपाल र सम्बन्धित देशको पत्रकारिताको अवस्थाका बारेमा ती कार्यहरुमा अनुभव आदान–प्रदान समेत हुने गरेको थियो । यसका साथै भारत, चीन, थाइल्याण्ड, डेमोनिकन रिपव्लिक लगायतका अन्य मुलुकमा पनि उनले भ्रमण गरेका छन् ।
यतिबेला नेपाली पत्रकार महासंघको छाता संस्था नेपाल पत्रकार महासंघको महाधिवेशन नजिकिंदै छ । मुलुकमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरु महास।घको नेतृत्व आफ्नो पक्षमा पार्न ईच्छुक देखिएपनि कसको नतृत्वमा चुनावमा जाने भन्ने बारेमा एकमत देखिएका छैनन् ।

ganga लोक दोहोरीको क्षेत्रमा पत्रकारीताको क्षेत्रबाट योगदान दिएको भन्दै पत्रकार गंगाधर पराजुली र संगितको क्षेत्रमा विषेश योगदान दिएको भन्दै संगितकार तेजेन्द्र गुरुङ्गलाई सम्मान तस्विर खिच्दै ।
लोक दोहोरीको क्षेत्रमा पत्रकारीताको क्षेत्रबाट योगदान दिएको भन्दै पत्रकार गंगाधर पराजुली र संगितको क्षेत्रमा विषेश योगदान दिएको भन्दै संगितकार तेजेन्द्र गुरुङ्गलाई सम्मान तस्विर खिच्दै ।

यस्तो अवस्थामा काठमाडौंमा रहेर अग्रज र समकालिन पत्रकारहरुसंग पनि त्यत्तिकै सम्पर्कमा रहेका तथा काठमाडौं बाहिर मोफसलमा क्रियाशील आम पत्रकारहरुको चाहना र भावना बुझ्न सक्ने व्यक्तित्वको रुपमा पराजुलीलाई लिन सकिन्छ । उनी यसअघि पनि महासंघको नेतृत्व लिनका लागि इच्छुक रहदै आएको भएपनि अरुलाई मिलाउने क्रममा उनि बाहिर पर्दै आएका छन् ।  तर यसपटक महासंघको नेतृत्वमा पुग्न चाहेका आकांक्षीहरु मध्ये पराजुलीको संगठनमा अनुभव र पत्रकारिताको इतिहास छोटो छैन ।

उनी नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, राष्ट्रिय समाचार समिति जस्ता संचारसंग सम्बन्धित संस्थामा काम गरेको अनुभव, नेपाल शिक्षक संघ , एमनेष्टी ईन्टरनेशनल , नेपाल रेडक्रस सोसाइटी जस्ता संस्थामा संलग्नता एवं पोखरामा नै दैनिक पत्रिका र एफएम रेडियोको काम गरेका र आफैले विभिन्न संचार संस्था संचालन गरेको अनुभव र देशभित्र र बाहिरको भ्रमणको अनुभवले पनि उनी जुनसुकै संस्थाको नेतृत्व समेत कुशलतापूर्वक निर्वाह गर्न क्षमता राख्दछन् भन्ने मान्न सकिन्छ १ तसर्थ नेपाली कांग्रेस र नेपाल प्रेस युनियनले पराजुलीको अनुभव, योग्यता र क्षमताको कदर गरि उपयुक्त जिम्मेवारी दिन सके आम लोकतन्त्रवादी पत्रकारहरुका लागि पनि हित हुने कुरामा दुईमत छैन ।

कमेन्टहरु
Loading...