पोखरामा महानगर स्तरीय योग केन्द्रको आवश्यकताः बास्तोला

पोखरा, २७ चैत्र/गणेश योग केन्द्र पोखरा—४ ले बुधबार पहिलो वार्षिकोत्सव मनाएको छ । गणेश गुठी पोखरामा भएको केन्द्रको पहिलो वार्षिकोत्सव कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नंं. ४ का वडा अध्यक्ष शंकर प्रसाद बाँस्तोलाले महानगर स्तरीय योग केन्द्र स्थापनाका लागी आवाश्यक पहल गर्ने बताए ।

पोखरामा योग प्रेमीहरुको संख्या बढ्दै जाँदा उपयुक्त र व्यवस्थित योग केन्द्रको आवश्यकता तड्कारो रहेको बताए । परिवर्तनका लागि आसन, भाषण र सम्मानलाई त्याग्नु पर्नेमा जोड दिए ।

पतन्जली योग केन्द्रका केन्द्रिय सदस्य नरेन्द्र लालचनले योग साधकका लागी साधना र छिमेकीहरुका लागि सेवा हुने बताए । योगको साधनाले विभिन्न प्रकारका जटिल रोगहरुसँग लड्न सक्ने रक्षात्मक शक्तिको आर्जन हुने उनको विश्वास थियो ।

पतन्जली योग केन्द्र गण्डकी प्रदेशका प्रभारी दिपक सिग्देलले आत्मा शुद्धि र स्वास्थ्य पर्वद्धनका लागि योग हरेक मानिसका लागी अनिवार्य रहेको बताए ।

योगकेन्द्रलाई भिमसेन योग केन्द्रको तर्फबाट नगद १० हजार सहयोग समेत प्रदान गरिएको छ । केन्द्रकी अध्यक्ष कमला नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत साधीका गंगा पौडेल र संचालन केन्द्रकी सल्हाकार बन्दना बजिमयले गरेका थिए ।

केन्द्रमा ३० जना योग साधक तथा साधिकाहरुले निशुल्क योगको प्रशिक्षण लिईरहेका छन् ।

कमेन्टहरु
Loading...