गण्डकी प्रदेशमा करिब ४१ सय जना विदेशबाट आए

पोखरा, २८ चैत / नेपालमा कोरोनाको सबैभन्दा चिन्ता विदेशबाट नेपाल आएकाहरु प्रति छ । गण्डकी प्रदेशमा ४ हजार १ सय ४६ जना विदेशबाट आएको तथ्याङक संकलन भएको छ ।

गण्डकी प्रदेशमा सबै भन्दा धेरै ८ सय ३६ जना विदेशबाट आएको स्वास्थ्य निर्देशानालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नबराज शर्माले जानकारी दिए ।

त्यसै गरि तनहुँमा ७ सय १३ जना, कास्कीमा ३ सय ८९ जना, गोरखामा ३ सय ९७, लम्जुङमा १ सय ८८ जना, पर्वतमा ३ सय १६ जना, म्याग्दीमा १ सय ३८ जना, नवलपुरमा ५ सय ६० जना, मुस्ताङमा २५ जना र मनाङमा ३ जना आएको शर्माले जानकारी दिए ।

गण्डकी प्रदेश सरकारले शनिबार बसेको मन्त्रिपरिषद् बैठकबाट विदेशबाट आएकाहरुको नमूना परीक्षण तत्कालै गर्न निर्देशन दिएको छ ।

कमेन्टहरु
Loading...