गण्डकी प्रदेशको पञ्चबर्षिय योजनाको आधारपत्र सार्वजनिक

पोखरा, ५ साउन /गण्डकी प्रदेशले प्रथम पञ्चबर्षिय योजनाको आधारपत्र सार्वजनिक गरेको छ । अन्य प्रदेश भन्दा पहिले नै ल्याएको योजनाको आधारपत्रमा गण्डकी प्रदेशको समग्र विकासको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्षहरु समेटीएको छ ।

योजना अनुसार ५ वर्षमा प्रदेश विकास लागि १० खर्ब, १२ अर्व रुपैया लाग्ने आधारपत्रमा सार्वजनीक गरेको छ । त्यसै गरि प्रदेशको विकासका लागि ७ आधारलाई मुख्य मानेर योजना बताएको प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष गिरीधारी शर्माले बताए ।

गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र सार्वजनिक गर्दै उनले आधारपत्र विज्ञ सहित जनसहभागिता मूलक योजनाहरु समेटिएको बताए ।

उनले समावेशी आर्थिक वृद्धि, गरिबी निवारण, स्थानीय उत्पादन, पर्यटन क्षेत्रको विस्तार, कृषिमा आधुनिकीकरण, व्यवसायीकरण,, यान्त्रिकीकरण, जल, वायु र सौर्य उर्जा, प्रयोग, निकासी, औद्योगिकीकरण, गुणस्तरीय भौतिक पूर्वाधारको निर्माण, प्राविधिक र व्यवसायिक शिक्षाको विस्तार, गुणस्तर, स्वास्थ्य सेवाको सुदृढिकरण, सुशासन लगायतको लक्ष्य प्राप्त गर्न प्रदेश सरकारले काम गर्ने योजना रहेको शर्माले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश निर्माण गर्ने लक्ष्यसहित प्रदेश सरकार अगाडी वढ्ने बताए । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशद्वारा आइतबार आयोजित गण्डकी प्रदेशको प्रथम पञ्चबर्षीय योजनाको आधारपत्र सार्वजनिक कार्यक्रममा गुरुङले आर्थिक बर्षदेखि द्रूत गतिमा विकास र अन्य निर्माण योजना अगाडि बढाउने बताए ।

श्रावण एक गतेदेखि नै विकास निर्माण र अन्य निर्माण कार्यलाई द्रूर्त गतिमा अगाडि वढाउन आफूले निर्देशन गरेको र एक बर्षपछि कुल बजेटको ९५ प्रतिशत भन्दा वढी खर्च गर्ने लक्ष्य रहेको बताए ।

कमेन्टहरु
Loading...