गण्डकी प्रदेशमा १ जनामा कोरोना पुष्टि, कोरोना संक्रमितको संख्या २४६ पुग्यो

पोखरा, १ जेठ / गण्डकी प्रदेशको नवलपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपुरको देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर कुमार अधिकारीले जानकारी दिए ।

भारतको कोलकोटाबाट आएको उनको भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा कोरोना पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले पुन संक्रमण देखिएकाले सुरक्षीत रहन आग्रह गरे । उनले नवलपारासीमा बुधबार पनि एक जनामा कोरोना देखीएको भएपनि उनी ५ नम्बर प्रदेशको भएको बताए ।

बिहीबार देखीएका भने गण्डकी प्रदेशमा नै पर्ने बताए । गण्डकी प्रदेशमा यस अगाडी दुई जनामा संक्रमण देखीए पनि उनीहरु निको भएर घर फर्किसकेका छन् । नेपालमा यो सँगै संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

कमेन्टहरु
Loading...