गण्डकीमा थप एक जनामा कोरोना संक्रमण

पोखरा, २५ जेठ / गण्डकी प्रदेशमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको प्रि आईसोलेसनमा रहेका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

उनलाई अहिले गण्डकी कोरोना अस्पतालमा आईसोलेसन कक्षमा राखिएको छ । यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४ पुगेको छ ।

संक्रमित २१ गते भारतबाट वालिङ आएका थिए । २२ गते पोखरा उपचारका लागि आएका थिए । उनी मृगौला उचारका लागि भारत गएका थिए ।

कमेन्टहरु
Loading...