गण्डकी प्रदेशमा बिहीबार कोरोना संक्रमित शुन्य

पोखरा, २९ जेठ / गण्डकी प्रदेशमा पछिल्लो समय दिन दिनै कोरोना संक्रमित बढेपनि बिहीबार कोरोना संक्रमण शुन्य भएको छ ।

करिब १ सय ५० जनाको स्वाब परीक्षणमा कसैलाई पनि कोरोना नदेखिएको पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालाले जनाएको छ । बिहीबार गण्डकी प्रदेशमा कोरोना संक्रमितको नयाँ विरामी फेला परेनन् ।

बुधबार सम्ममा गण्डकी प्रदेशमा १ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । ति मध्ये सबै भन्दा धेरै बागलुङ जिल्लामा ४० जना रहेका छन् ।

त्यस पछि स्याङजामा ३८ जना, नवलपुरमा ३७ जना, गोरखामा १५ जना, पर्वतमा ९ जना, कास्कीमा ५ जना, म्यादी र तनहुँमा तीन तीन जना र लमजुङमा एक जनामो कोरोना संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ र मुस्ताङ एउटा पनि संक्रमित व्यक्ति देखिएका छन् । १ सय ५१ मध्ये ११ जनालाई निको भइसेको छ भने १ जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा कोरोना परीक्षणका लागि ल्याएका १ हजार ६ सय ६७ स्वाब परीक्षणका लागि क्युमा छन् ।

कमेन्टहरु
Loading...