गण्डकी प्रदेशमा थप ५३ जनामा संक्रमण, संक्रमितको संख्या ९४९ पुग्यो

पोखरा, १५ असार / गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा भएको पिसिआर परीक्षणमा बागलुङ १४, पर्वतमा १३ जना, स्याङ्जा, तनहुँ १०/१० जना र गोरखामा ६ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै गण्डकी प्रदेशमा ९ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार मात्रै नवलपरमा १६ जना घर फर्किका छन् ।

योसँगै प्रदेशभर निको हुनेको संख्या २ सय १४ जना पुगेको छ । गण्डकी प्रदेशमा अहिले सम्म २ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...