गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमित, बागलुङमा १४, कास्कीमा ६ थपिए

पोखरा, ५ असार/ गण्डकी प्रदेश शुक्रबार बिहान थप २४ जनामा कोरोना संक्रमण देखी सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ३ सय ४८ पुगेको छ ।

नवलपुरमा २, कास्कीमा ६, स्याङजा २ र बागलुङमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

बागलुङको गल्कोट नगरपालिकामा ६ पुरुष र दुई महिला, काठेखोला गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए । उनीहरु १९ देखी ४२ बर्ष उमेर समुहका रहेका छन् ।

त्यसै गरी कास्कीको पोखरा महानगरपालिकामा ३ जना पुरुष, दुई जना महिला र रुपा गाउँपालिकाको एक पुरुषमा कोरोना भाइरस कोभिड १९ देखिएको उनले बताए । उनीहरु १९ देखी ५६ बर्ष उमेर समुहका छन् । त्यसै गरी स्याङजाको कालिगण्डकी गाउँपालिकाका ३६ बर्षिय पुरुष र पालिका नखुलेका ६३ बर्षिय पुरुषमा कोरोना देखिएको उनको भनाई छ ।

त्यसै गरी नवलपुरको विनयत्रिबेणी गाउँपालिकामा दुई जना पुरुषमा कोरोना भेटिएको छ । उनीहरु २० र २८ वर्षका हुन् । यो सँगै नवलपुरमा कोरोना संक्रमित ९९ जना पुगेका छन् । उनीहरु सबैलाई नजिकको आइसोलेजनमा लैजाने तयारी भएको डा शर्माले बनाए । गण्डकी प्रदेशमा अहिले सम्म ३२ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...