गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि, पोखराका १ जना थपिए

पोखरा, १७ असार/ गण्डकी प्रदेशमा बुधबार बिहान थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार यो सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले भने गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार १७ पुगेको विवरण सार्वजनीक गरेको छ ।

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि, पोखराका १ जना थपिए
गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि, पोखराका १ जना थपिए

बुधबार गण्डकी प्रदेशमा नवलपरासीमा १२ जना, गोरखामा ३ जना, कास्कीमा १ जना, स्याङजामा ८ जना, बागलुङमा ३ जना, तनहुँमा १ मा कोरोना संक्रमण देखीको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीमा पोखरा महानगरपालिकामा एक जनामा देखीको शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा अहिले सम्म १ सय ३१ जना निको भएर घर फर्किएका छन् भने अहिले सम्म २ जनाको मृत्यु भएको छ ।

मंगलबार पोखराका ६ संक्रमितमध्ये ४ जना साउदी अरब, १ जना कुवेत र १ जना युएईबाट आएका हुन् । संक्रमित ६ जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखीएको छ । संक्रमित ६ जना वडा नम्बर ३, १२, १३, १७, २१ र २७ का हुन् ।

अर्का एक पुरुष माछापुच्छ्रे गाउँपालिकाका र एक जना मादी गाउँपालिकाका हुन् । माछापुच्छ्रे गाउँपालिकाका पुरुष भारतबाट आएर होम क्वारेन्टिनमा बसेका थिए । उनको स्वाब असार १३ गते गाउँपालिकामै संकलन गरेर परीक्षणका लागि पोखरा पठाएको थियो ।

नेपालमा कुल संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । उनीहरूमध्ये २९ जनाको मृत्यु भएको छ भने ३ हजार १ सय ९४ जना डिस्चार्ज भएका छन् ।

कमेन्टहरु
Loading...