पोखरामा दुई जनामा सहित गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण

पोखरा, २७ असार / शनिबार १४ जनामा कोरोना संक्रमण देखिए पछि गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय नजिक पुगेको छ ।

गण्डकीमा संक्रमित संख्या १ हजार १ सय ७६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा २ सय ६७ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय ३९ नमुना परीक्षण भएकोमा ती संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरा महानगरपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु वर्ष २५ र ८९ का हुन् । तनहुँका ४, बागलुङ र स्याङ्जाका ३–३ र म्याग्दीका २ जनामा कोरोना देखिएको छ ।

तनहुँको व्यास नगरपालिकाका ३५ वर्षीय पुरुष, बन्दीपुरका १६ र १९ वर्षीय पुरुष, शुक्लागण्डकीका ३३ वर्षीय पुरुषको नमुना परीक्षणमा पोजेटिभ रिपोर्ट आएको छ । बागलुङको बडीगाड गाउँपालिकाका १९ वर्षीय पुरुष, गल्कोटका २५ र ३५ वर्षीय पुरुषमा पनि कोरोना भाइरस देखिएको छ ।

स्याङ्जाको चापाकोट, वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका १–१ जना पुरुषमा कोरोना देखिएको हो ।चापाकोटका वर्ष २९, वालिङका वर्ष २० र कालीगण्डकीका वर्ष १९ का पुरुष हुन् । उता, म्याग्दीको रघुगंगा र अन्नपूर्णका समान ३० वर्षका पुरुषमा कोरोना देखिएको छ ।

गण्डकी प्रदेशमा हालसम्म १९ हजार ७ सय ३२ नमुना संकलन भएको छ । संक्रमित १ हजार १ सय ७६ जनामध्ये ६ सय ३३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...