गण्डकी प्रदेश सरकारको दुई वर्ष, ३० बुदे उपलब्धी

पोखरा, २ फागुन/ गण्डकी प्रदेश सरकारको दुई वर्षे कार्यकाल सफलता पुर्वक पुरा भएको बनाएको छ । यस अवधीमा प्रदेशको नामाकरण र राजधानी पोखरालाई तोक्नु र विभिन्न ३० बुदे उपलब्धीको रुपमा लिइएको छ । सरकारले दुई वर्षेको अवधीमा ३२ वटा कानुन पास भएका छन् । त्यसै गरी कानुनलाई कार्यान्वन गर्ने ६ वटा नियमावली र दुई वटा गठन आदेश मन्त्री परिषदबाट स्विकृत भई लागु भएका शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गरे सरकारका दुई वर्षे उपलब्धिका बारेमा जानकारी गराउको हो । सो अवसरमा गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सरकारको दुई वर्षे कार्यकालका उपलब्धी फागुन ४ गते विशेष कार्यक्रमको आयोजना गरि सार्वजनिक गर्ने बताए ।

सरकारले ७५÷७६ मा ६८ प्रतिशत बजेट मात्रै कार्यान्वयन गरेको र ७६÷७७ को हाल सम्मको अवधीमा १६ प्रतिशत खर्च भएको मन्त्री गुरुङले जानकारी दिए । सरकारले दुई वर्ष भित्र प्रदेशलाई उज्यालो प्रदेश बनाउने घोषणा गरेको भएपनि सो कार्य पुरा नभएको बताए ।

स्वच्छ खानेपानि पुर्याउने योजना पनि पुरा हुन सकेको छैन । प्रदेश खानेपानीको पहुँच पुर्याउन ‘एक घर एक धारा’ अभियानका लागि संघिय सरकारबाट थप अनुदान प्राप्त भएको उनले बताए । गण्डकी प्रदेश सरकारको गौरभको रुपमा रहेका गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षालय स्थापनाका लागि जग्गा प्राप्त भएको उनले बताए ।

उनले औधोगिक क्षेत्र स्थापना गर्ने कार्य अघि बढेको, पोखरा महानगरपालिकाको साझेदारीमा फेवातालमा सिल्टेसन बाँध र फेवातालको ड्यामसाइडमा माछापुच्छ्रेको छायाँसमेत देखिने गरी नेपालको झण्डा निर्माण गर्ने कार्य अघि बढेको उनले बताए ।

मन्त्री गुरुङले आन्तरिक पर्यटन वर्ष २०१९ सम्पन्न भएको र ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सहयोग पुग्ने कार्यक्रमहरु सञ्चालन गरेको बताए । सरकारले नवलपरासीको हुप्सीकोट गाउँपालिकामा रहेको फलामखानी उत्खननका लागि नेपाल सरकारले सार्वजनिक निजी साझेदारीमा धौबारी फलाम कम्पनी स्थापना गरी थप कार्य अगाडी बढाएको बताए । यस्तै प्रदेशका १० वटा स्थानिय तहहरुमा प्रहरी चौकी स्थपनाको कार्य चलिरहेको उनले बताए ।

 

गण्डकी प्रदेश सरकारका दुई वर्षका उपलब्धी

मिति२०७४ फागुन ४ मा गण्डकी प्रदेश सरकार आफ्नो स्थापनाको दुई वर्षे कार्यकाल पुरा गर्दैछ।यसअवधीमा यस गण्डकी प्रदेश सरकारबाट भएगरेका मुख्य मुख्य उपलब्धीहरुलाई यहाँ प्रस्तुत गरिएको छ।

  1. यस अवधीमा प्रदेश सभाको बिक्रम सम्वत् २०७५ साल आषाढ १८ गते बसेको बैठकबाट यस प्रदेशको राजधानी पोखरालाई तोकिएको छ । सम्बत् २०७५ साल असार २२ गते बसेको बैठकबाट यस प्रदेश नं. 4 लाई गण्डकी प्रदेश नामकरण गरिएकोछ।
  2. गण्डकी प्रदेश सरकार स्थापना भएको यस २ वर्षे अवधिमा जम्मा 32 वटा ऐन पारित भएका छन् भने सोही ऐन बमोजिम 6… वटा नियमावलीहरु र २ वटा गठन आदेशमन्त्रिपरिषदबाट स्वीकृत भई लागू भएका छन्।
  3. गण्डकी प्रदेश सरकार स्थापना भएपश्चात सरकारले तीनवटा बजेट सार्वजनिक गरिसकेको छ । जसअनुसार आर्थिक वर्ष 2074।75 का लागि पहिलो बजेट रू.१ अरब 2 करोड.,आर्थिक वर्ष 2075।7६ का लागि दोस्रो बजेट रू.24 अरब 2 करोड ३३ लाख र चालु आर्थिक वर्ष 2076।77 का लागि रु.३२ अरब १३ करोड ४७ लाखको बजेट कार्यन्वयनमा रहेको छ।
  4. प्रदेश नीति तथा योजना आयोग गठन भईगण्डकी प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजनाकोआधारपत्र, २०७६/७७-२०८०/८१ सार्वजनिक गरी सोही अनुसार योजनाको दस्तावेज तर्जुमा कार्य अन्तिम चरणमा रहेको छ।
  5. आर्थिक वर्ष 2076।77 मा दोस्रो त्रिवर्षीय मध्यमकालीन खर्च संरचना, २०७६/७७-२०७८/७९ सार्वजनिक गरी कार्यान्वयनमा रहेको छ।
  6. हाल प्रदेश सरकारका १५४ वटा निकाय/कार्यालयहरु स्थापना भई सेवा प्रवाह तथा विकास निर्माणका कार्य सम्पादन गरिरहेका छन् ।
  7. प्रदेश सरकारको मुख्य प्राथमिकताका केन्द्रमा रहेकागण्डकी विश्वविद्यालय, र गण्डकी प्राविधिक शिक्षालय(GTI),को स्थापना गर्ने कार्य अब छिटै साकार रू लिदैछ । कानुन र बजेटको व्यवस्था भइसकेको छ । पदाधिकारी तथा कर्मचारी छनौट तथा व्यवस्थापनको कार्य अगाडि बढेको छ ।
  8. नेपालको संविधानले व्यवस्था गरे अनुसार प्रदेश निजामती सेवा लगायतका अन्य सेवामा निश्पक्ष तथा योग्यतामा आधारित प्रणालीबाट कर्मचारी नियुक्तिका लागि छनौट तथा सिफारिसका लागि प्रदेश लोक सेवा आयोगको कानुन तथा बजेट स्वीकृत भइसकेको छ भने पदाधिकारी तथा कर्मचारीको छनौट तथा व्यवस्थापनको कार्य अगाडि बढेको छ ।
  9. गण्डकी प्रदेश सरकारको गौरबको रूपमा रहेका गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षालय-GTI स्थापनाको लागि संघीय सरकारले जग्गा हस्तान्तरणको निर्णय गरिसकेको हुँदा जग्गा प्राप्ति भैसकेको छ।
  10. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार संघीय सरकारबाट आर्थिक वर्ष 2075।76 को वार्षिकरू.२८ करोड ५८ लाख८९ हजार रोयल्टी (खानी तथा खनिज, पर्वतारोहरण, विद्युत, बन र जलस्रोत )वापत प्राप्त भएको छ।
  11. प्रदेश सरकारबाट गण्डकी प्रदेशभित्रका ८५ स्थानीय तहलाई दिइने चार प्रकारका वित्तीय समानीकरण अनुदान सशर्त अनुदान समपूरक अनुदान र विशेष अनुदानमध्ये वित्तीय समानीकरण अनुदान बाहेक अन्य अनुदानको लागि कार्यविधि बनाई अनुदान हस्तान्तरण (वित्तीय हस्तान्तरण) गरिएको छ। स्थानीय तहलाई आर्थिक वर्ष २०७५/७६ मा रू.१ अरब २० करोड वित्तीय हस्तान्तरण गरिएकोमा र चालु आर्थिक वर्ष २०७६/७७ मा स्थानीय तहको प्रशासकीय भवन निर्माण, वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान गरी कुल रू.२ अरब ४५ करोड ७८ लाख विनियोजन गरी विनियोजन ऐन, 2076 तथा तत् तत् कार्यविधिमा तोकिएको समय र शर्तको अधीनमा रही स्थानीय तहको सञ्चित कोषमा अनुदान हस्तान्तरण गरिएको छ।
  12. प्रदेश र स्थानीय तहका दोहोरो अधिकार सूचीमा रहेका घरजग्गा लगायतका रजिष्ट्रेशन शुल्क, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर, दहत्तर बहत्तर शुल्क, पर्यटन शुल्क दुईटा सरकारका बीचमा ६०/४० को अनुपातमा कर तथा गैरकर राजस्व बाँडफाँटका लागि प्रदेश विभाज्य कोष तथा स्थानीय विभाज्य कोष खाता खोली सोही अनुसार कर तथा गैरकर राजस्व बाँडफाँट गरिएको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, 2074 मा भएकोएकल कर प्रशासनको अवधारणा अनुसार सवारी साधन कर प्रदेश सरकारले संकलन गरेको छ भने अन्य कर तथा गैरकर स्थानीय तहले संकलन गरेका छन् । यसरी राजस्व संकलनमा प्रदेश तथा स्थानीय तहले सहकार्य गरिरहेका छन् ।
  13. प्रदेश सरकारको समग्र आर्थिक अनुशासन तथा वित्तीय सुशासन र प्रशासनिक क्रियाकलाप व्यवस्थित गराउनको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले”आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयकको” को मस्यौदा तयार गरिसकेको छ।
  14. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा गरिएको प्रदेश समन्वय परिषद व्यवस्था र यसको उद्देश्य अनुरूपका विषयलाई सम्बोधन गर्न समय समयमै बैठक सम्पन्न गरिएको छ।
  15. अन्तर सरकारी वित्त परिषदको बैठकमागण्डकी प्रदेश सरकारका तर्फबाट कर तथा गैर करका क्षेत्र तथा दायराका विषयमा संघीय कानुनमापुनःपरिभाषित तथा परिमार्जनका लागि पटकपटक विषय उठान गरिएको छ। (जस्तैः वनजन्य स्रोतको राजस्व, अन्नपूर्ण संरक्षण क्षेत्र, कृषि आयमा कर )
  16. स्वस्थ खाद्यान्न उत्पादन, वितरण र उपभोगको बानी बसाउन स्याङ्जाको राम्दी र तनहुँको दमौलीमा द्रुत विषादी अवशेष परिक्षण केन्द्र स्थापना गरिएको छ।
  17. नवलपरासीमा यातायात व्यवस्था कार्यालय सञ्चालनमा आई सवारीसाधन दर्ता तथा नविकरणको कार्य हुँदै आएकोमा अब छिट्टै सवारी चालक अनुमति पत्र जारी गर्नेगरी समेत स्तोन्नति गरिंदैछ।
  18. सहकारी संस्थाको दर्ता नवीकरण प्रवर्द्धन र नियमनका लागि सहकारी रजिष्ट्रारको कार्यालय र पर्यटन क्षेत्रको दर्ता नवीकरण र नियमन जस्ता कार्यका लागि पर्यटन कार्यालय स्थापना भई सञ्चालनमा रहेको।
  19. मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलेसूचना प्रविधिमा आधारित एक्सन रुमको स्थापना गरी प्रदेश भित्र सञ्चालनमा रहेका आयोजनाहरुको कार्यालयबाटनै अनुगमन गर्ने व्यवस्था गरिएको छ। हाल उक्त एक्सन रुम परिक्षणको अवस्थामा रहेको।
  20. प्रदेश सरकारको कामकाजसँग सम्बन्धित गुनासा तथा सुझाव र सल्लाहहरु सुन्नको लागि मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा हेलो मुख्यमन्त्री कार्यक्रम सञ्चालन गरिएको छ।
  21. १० वटा स्थानीय तहहरु (घिरिङ, गलकोट, सुन्दरबजार, बन्दिपुर, लोमन्थाङ, चुमनुब्री, नार्पाभूमी, हुप्सेकोट, विनयी त्रिवेणी र रघुगंगा) मा प्रहरी चौकी तथा कार्यालय निर्माण कार्य भइरहेको छ।
  22. प्रदेश भित्र खानेपानीको पहुँच पुर्याउनको लागि “एक घर एक धारा”अभियान सञ्चालन गरी आधारभूत खानेपानी सबै घरधुरीमा छिटो भन्दा छिटो पुर्‍याउन संघीय सरकारबाट थप अनुदान प्राप्त भएको छ ।
  23. प्रदेश सरकारको प्राथमिकतामा रहेको तथा प्रदेश सरकारको पहिलो मन्त्रिपरिषदको बैठकलै उज्यायालो प्रदेश बनाउने घोषणा गरे अनुसार विद्युत प्राधिकरणसँगको सहकार्यमा उज्यालो प्रदेश अभियान सञ्चालन एवं कार्यान्वयन गरिएको।
  24. काठे पुललाई स्टिल पुलले विस्थापन गर्ने अभियान अन्तर्गत विद्युत प्राधिकारणसँग मेमोरेन्डम अफ अण्डरस्ट्‍याडिङ्ग अनुसार काठेपुल विस्थापित गर्ने कार्यलाई तीब्रता दिइएको छ।
  25. पुणीटारमाऔद्योगक क्षेत्र स्थापना गर्ने कार्य अघि बढिरहेको छ।
  26. संघीय सरकारको साझेदारीमा एक स्थानीय तह एक उद्योग ग्राम अन्तर्गत ६ वटा स्थानीय तहमा उद्योग ग्राम स्थापनाको कार्य अगाडि बढेको।
  27. साग खेलकुदको क्रममा पोखरामा सञ्चालित भएका खेलकुदको व्यवस्थापन तथा सञ्चालनकालागि वित्तीय तथा प्रशासनिक सहयोग उपलब्ध गराइएको थियो।
  28. आन्तरिक पर्यटन वर्ष, २०१९ सम्पन्न भएको र अहिले छिमेकी देशका पर्यटक वर्ष २०२०, अन्तराष्ट्रिय पर्यटक वर्ष २०२२ मनाइँदै। भिजिट नेपाल २०२० लाई सहयोग पुग्ने कार्यक्रमहरु सञ्चालनमा रहेका।
  29. पोखरा महानगरपालिकासँगको साझेदारीमा फेवातालमा सिल्टेशन बाँध र फेवातालको ड्यामसाइडमा माछापुच्छ्रेको छायाँसँगै झण्डाको छायाँसमेत देखिने गरी नेपालको झण्डा निर्माण गर्ने कार्य अघि बढेको।
  30. नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिकामा रहेको फलाम खानी उत्खननका लागि नेपाल सरकारले सार्वजनिक निजी साझेदारीमा धौबादी फलाम कम्पनी स्थापना गरी थप कार्य अगाडि बढाएको छ । उक्त कम्पनीको चुक्ता पुँजी ४ अरब रूपैयाँ रहेकोमा सोको ३ प्रतिशतले हुने १२ करोड रूपैयाँ प्रदेश सरकारलाई शेयरकोरूपमा लगानी गर्न नेपाल सरकारले कम्पनीको प्रबन्धपत्रमा व्यवस्था गरेकोमा प्रदेश सरकारको शेयर लगानी १५ प्रतिशत पुर्याइ ६० करोड शेयर लगानीका लागि नेपाल सरकारसँग अनुरोध गरिएको छ।

 

कमेन्टहरु
Loading...