प्रदेश प्रमुखको कार्यालयद्वारा खर्च विवरण सार्वजनिक

पोखरा, ९ साउन/गण्डकी प्रदेश प्रमुखको कार्यालयले आर्थिक वर्ष २०७४।७५ को खर्च विवरण सार्वजनिक गरेको छ । २०७४ माघ देखी २०७५ असार सम्मको ६ महिने खर्च विवरण मंगलबार सार्वजनिक गरिएको हो । नेपालको संविधानको धारा २७ ले सूचनाको हकलाई नागरिकको मौलिकहकको रुपमा स्थापित गरेको हुनाले कार्यालयसँग सम्बन्धित खर्च विवरण सार्वजनिक गरिएको कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरको निर्देशनमा सुशासन (व्यवस्थापनतथा संचालन) ऐन २०६४, आर्थिक ऐन २०५५,सूचनाको हक सम्बन्धी ऐन, २०६४ र सूचनाको हक सम्बन्धीनियमावली, २०६५को दफा ५ बमोजिमखर्च विवरण सार्वजनिकगरिएको कार्यालयका लेखाअधिकृत पदमराज बरालले जानकारी दिए ।

लेखाअधिकृत बरालका अनुसार २ करोड ७४ लाख ८८ हजार रुपैंया प्रदेश प्रमुखको कार्यालयलाई विनियोजन गरिएकोमा विभिन्न शिर्षकहरुमा १ करोड ९१ लाख २ हजार ४ सय ४१ रुपैंयाँखर्च भएको छ । उक्त विनियोजित रकममध्ये ८३ लाख ८५ हजार ५ सय ५९ रुपैंयाँफ्रिजभएको छ । कार्यालयले ६९.४९ प्रतिशतरकममात्रै खर्च गरेको हो ।

लेखाअधिकृत बरालले दिएको जानकारी अनुसार प्रदेश प्रमुखको कार्यालयलाई चालु खर्चमा १ करोड ६४ लाख ८८ हजार वार्षिक बजेट विनियोजन गरिएकोमा८८ लाख ८ हजार १ सय७रुपैंयाँखर्च भएको छ । चालु खर्चमा७६ लाख७९ हजार ८ सय ९३ रुपैंयाँ फ्रिज भएको छ भने ५३.४२ प्रतिशत रकम मात्रै खर्चभएको छ ।

पूँजीगतखर्चतर्फ १ करोड १० लाख रुपैंयाँ विनियोजन भएकोमा १ करोड २ लाख ९४ हजार ३ सय ३४ रुपैंयाँखर्च भएको छ । ७लाख ५ हजार ६ सय ६६ रुपैंयाँ फ्रिज हुँदा पूँजीगततर्फ भने ९३.५८ प्रतिशत रकमखर्च भएको हो । आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि सूचनापाउने नागरिकको मौलिकहकलाई प्रचलनगर्न सूचनाको हक सम्बन्धी ऐन, २०६४ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५ क्रियाशिल छन् ।

सार्वजनिक महत्वका सूचनामा आम नागरिकले सरल र सहजपहुँच पु¥याई सूचनाको संरक्षण गर्नु सार्वजनिक निकायको दायित्व मानिएको छ । यहि दायित्वअनुसार प्रदेश प्रमुखको कार्यालयले सो ऐनको दफा ५(३) तथा नियमावलीको नियम ३ ले सार्वजनिक गर्नुपर्ने भनी किटान गरेका सूचनाहरु सार्वजनिकगर्दै आएको छ ।

कमेन्टहरु
Loading...