प्रदेश ४ को नाम गण्डकी राख्न माग प्रर्दशन

पोखरा, २७ जेठ/प्रदेश ४ को नाम गण्डकी राख्न माग गर्दै खसआर्य समाज कास्कीले पोखरामा प्रदर्शन गरेको छ । पोखराको चिप्लेढुंगादेखि प्रदेशसभा सम्म ¥याली सहित पुगेको टोलीले प्रदेशसभाको गेट अगाडी दिन भर धर्ना सहित नाराबाजी गरेको छ । उनीहरुले जातिय आधारमा प्रदेशको नाम राख्न नहुने भन्दै प्रर्दशन गरेका हुन् ।

सबैलाई समेटिने गरी नाम राखिनुपर्छ उनीहरुको माग छ । खस क्षेत्री, आर्य सहित दशनामी समाज, विश्व हिन्दु महासंघ लगायतले संयुक्त प्रदर्शन गरेका हुन् । यसअघि तमुवान–मगरात नाम राख्न जातिय समुदायले प्रर्दशन सहित दवाव दिएपछि खस आर्य समूहले पनि जातिय नाम राख्न नहुने भनि सुझाव दिएका थिए ।

संसदले गठन गरेको समितिले प्रदेशको नाम ‘गण्डकी’ राख्न सिफारिस गरेको थियो । बेइमानी र छलकपट हुनसक्ने भन्दै खबरदारी गरिरहने बताएको छ । दलको हृविप र आदेशका भरमा प्रदेशको नाम ‘गण्डकी’ नराखेर जातीय पहिचान झल्कने नाम राखिए त्यसको प्रतिवाद गर्ने आन्दोलनकारीको रहेको छ । प्रदेशका बहुमत सांसदहरु र प्रदेशवासीले पनि गण्डकी नाम राख्न सुझाव पठाएपछि विन्दुकुमार थापाको संयोजकत्वमा गठित समितिले पहिलो नम्बरमा गण्डकी नाम राख्न सिफारिस गरेको थियो ।

कमेन्टहरु
Loading...