हावाहुरी पीडितलाई गण्डकी प्रदेशको १ करोड सहयोग

पोखरा, २८ चैत /बारा पर्साका आएको हावाहुरी पीडितलाई गण्डकी प्रदेश सरकारले एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले हावाहुरी पीडितको आवास निर्माण सहयोगका लागि प्रदेश २ सरकारलाई गण्डकी प्रदेशले सहयोग गर्ने निर्णय गरेको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रवक्ता राम शरण बस्नेतले जानकारी दिए ।

उनले प्रदेश २ को खातामा सोझै रकम जम्मा गरिने बताए । प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् कोषबाट रकम हस्तान्तरण गरिने भएको मन्त्री बस्नेतले बताए ।

कमेन्टहरु
Loading...