गण्डकी प्रदेशबाट कोरोना (कोभिड–१९) को ७ हजार बढिको परीक्षण

पोखरा, २७ वैशाख / गण्डकी प्रदेशबाट कोरोना भाइरस (कोभिड–१९) को ७ हजार जना भन्दा धेरैको परीक्षण गरेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा रहेको पिसिआर मेसिरबाट ६ सय ९५ र आडिटिबाट ६ हजार ३ सय ७७ जनाको कोरोना भाइरस परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

दुबै विधिबाट गरेर अहिले सम्म ७ हजार ७२ जनाको अहिले सम्म कोरोना परीक्षण गरिसकेको उनले बताए । पिसिआरबाट परीक्षण गरिएका मध्ये दुई जनामा कोरोना पोजेटिभ देखीको र उनीहरु निको भएर घर फर्किसकेको शर्माको भनाई छ ।

आडिटि विधिबाट गण्डकी प्रदेशमा सबै भन्दा बढि कास्कीमा १२ सय ६ जनाको बागलुङमा ११ सय २७ जनाको, नवलपुरमा ९ सय ३४ जनाको, स्याङजामा ८ सय २० जनाको, गोरखामा ६ सय ४५ जनाको, तनहुँमा ६ सय १४ जनाको, पर्वतमा ३ सय ७३ जनाको परीक्षण गरिएको छ ।

त्यसै गरि म्यादीमा ३ सय ७ जनाको, लमजुङमा २ सय ७३ जनाको मनाङमा ४१ जनाको, मुस्ताङमा ३७ जनाको परीक्षण गरेको शर्माले बताए ।

कमेन्टहरु
Loading...