पोखरामा लकडानउमा बजार अनुगमनलाई तिब्रता

पोखरा, २८ चैत्र/ कोरोना भाईरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको समयमा बजारमा कालोबजारि हुन सक्ने भन्दै प्रदेश अनुगमन समितिले अनुगमनको कामलाई तिब्रता दिएको छ ।

अनुगमन समितिले पोखराका मुख्य बजार क्षेत्र सगै कास्कीका अन्य भाग र तनहुका विभिन्न क्षेत्रमा गएर बजार अनुगमनको गरेको छ । यस वाहेक प्रदेशका जिल्ला जिल्लामा रहेका घरेलु कार्यालय मार्फत सवै जिल्लामा निरन्तर बजार अनुगमन भै रहेको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेशका निर्देशक गोकुल शर्मा पौडेलले जानकारी दिनुभयो ।

लकडाउन अघिको र हालको बजार अनुगमन फरक रहेको निर्देशक पौडेलको भनाई छ । लकडाउन अघिका अनुगमनमा खाद्य बस्तु सगै बजारमा बिक्रीका लागि राखिएका बस्तुहरुको गुणस्तर र मुल्य लाई प्राथमिकता दिएर हेर्ने गरिएकोमा हाल खाद्य बस्तुको सप्लाई लाई प्राथमीकता दिएर हेरीरहेको पौडेलले बताउनुभयो ।

उपभोक्ताले सहज तरिकाले दैनिक उपभोग्य सामान पाउन भन्ने उदेश्यले अनुगमनको कामलाई प्राथमिकतामा राखेर काम गरिरहेको र सामान नपाएका कारण केही पनि खान नपाएर भोकै बस्न नपरोस भन्ने प्रदेश सरकारको चाहना र पहिलो प्राथमिकता रहेको भनाई समेत उहाँको छ ।

विशेष गरि उपभोक्ताहरुलाई दैनिक उपभोग्य खाद्य बस्तुको सहज पहुच सगै कृषकहरुको उत्पादनलाई बजारसम्म ल्याउन कसरि सहयोग गर्न सकिन्छ भन्नेमा निर्देशनालयले काम गरिरहेको पौडेलले जानकारी दिनुभयो ।

यसै गरि गाई वस्तुको लागि आवश्यक चोकर, दाना लगायतका बस्तुको सहज आपुर्तीका लागि समेत काम गरिरहेको, खुलेका पसलहरुलाई मापदण्ड पुरा गरेर वस्तु बिक्री वितरणका लागि संचालकहरुलाई आग्रह सगै आवश्यक सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

कुनै पनि बस्तुमा मुल्य बृद्धी भएको नपाइएको भनाई पौडेलको छ । ग्यास लगायतका पेट्रोलियम प्रदार्थ यस अघि उपभोक्ताले धेरै संचय गरेकाले सुरुमा केही समस्या देखीएपनि हाल कुनै समस्या नरहेको र आईतवारदेखी भरी सिलिन्डर ग्यास बजारमा आउने भएकाले बजामा सहजता ल्याउने भनाई पौडेलको छ ।

प्रदेश अनुगमन समितिका सदस्य कपिलनाथ कोईरालाले बजारमा आपुर्तीको अवस्थ सहज रहेको अनुगमनको क्रममा भेटीएको जानकारी दिनुभयो । बजारमा आपुर्तीको अवस्था पनि सहज रहेको र मृल्यबृद्धी समेत नभएको, खाद्य बस्तुको स्टक केही समयका लागि रहेको भएपनि आटाको कमी रहेकाले मगाउने काम भै रहेको जानकारी दिनुभयो ।

उता व्यापारिहरुले लकडाउनका कारण कुनै पनि उपभोक्ताले खान नपाउन अवस्था सृजना नहोस भन्ने उदेश्य सहित आफुहरले सेवा गरिरहेको बताएका छन् । आफनो पसलमा आउने ग्राहकरुलाई सहज तरिकाले सामान कसरि उपलव्ध गराउन सकिन्छ भन्नु कुरालाइृ प्राथमिकतामा राखी आफुहरु खटरहेको भनाई व्यापारीहरुको रहेको छ ।

कमेन्टहरु
Loading...