गण्डकी प्रदेशको लोगो विवादमा, सार्वजनीक भएपछि उजुरी

पोखरा, १७ असोज / गण्डकी प्रदेशले मंगलबार सार्वजनिक गरेको लोगो माथी एकजनाले उजुरी गरेका छन् । लोगो निर्माण प्रतिश्पर्धामा

सहभागी एक प्रतिश्पर्धीले आफुले बनाएको लोगोसँग मेल खाएकोले छानवीनको माग गर्दै उजुरी दिएका हुन् । पोखराका महेन्द्र उपाध्यायले

आफैले तयार गरेको दुईवटा लोगोसँग हुबहु मिल्ने र केही कुरा थपघट गरेर लोगो तयार गरिएकोले छानवीन गर्न माग गरेका हुन् ।

प्रदेशसभामा मैले दुईवटा लोगो पेश गरेको छु । ति दुवै लोगो मिसाएर बनाईएको लोगोलाई सार्वजनिक गरेको देख्दा अचम्म लाग्यो,

उनले भने–कर्मचारीले अरुको लोगो डिजाईन हेरेर निर्माण गरेकोले मेरो परिश्रमको अवमूल्यन भयो । त्यसैले आवश्यक छानवीन गरियोस् ।’

उनले गण्डकी  प्रदेशका सभामुखलाई छानविनको माग गर्दै पत्रदर्ता गरेका छन् ।

कमेन्टहरु
Loading...