गण्डकी प्रदेशमा कोरोना संक्रमितको संङ्ख्या १६ पुग्यो

स्याङ्जामा ३ र नवलपुरमा पनि १ जना संक्रमित थपिए

पोखरा, १४ जेठ /गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १६ पुगेको छ । बिहीबार स्याङ्जामा ३ जना र नवलपुरमा १ जना नयाँ संक्रमित भेटिएसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या १६ पुगेको हो । बिहीबार स्याङ्जा वालिङका बर्ष २६ र २२ का २ जना पुरुष तथा बर्ष ३९ का १ जना महिला  र नवलपरासी बर्दघाट सुस्ता (पूर्व) देबचुली नगरपालिका बर्ष १९ का १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमित संङ्ख्याको १६ पुग्यो

बुधबार मात्रै बाग्लुङ्ग बढीगाड गाउँपालिकाका २ जना पुरुष तथा बाग्लुङ्ग तमनखोला गाउँपालिकाका ४ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो । यस अगाडि बाग्लुङ्गका २ जना, स्याङ्जाका २ जना, नवलपुरका १ जना र लम्जुङ्गका १ जनामा पनि कोरोना संक्रमण देखिएको थियो । बाग्लुङ्गका २ जना कोरोना संक्रमित भने उपचार पछि निको भ​एर घर फर्किसकेका छन् ।

कमेन्टहरु
Loading...