गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघमा त्रिपाठी

पोखरा, ९ असार / गण्डकी जग्गा तथा आवास विकास ब्यवसायी संघको अध्यक्षमा अरुण स्तोम त्रिपाठी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न १३ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट त्रिपाठी सहित कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

संघको उपाध्यक्षमा नवराज पौडेल, महासचिवमा शिवराज आचार्य, सचिवमा कमल बहादुर बस्नेत र कोषाध्यक्षमा लेखराज हमाल चयन भए । सदस्यहरुमा शिब प्रसाद न्यौपाने, कमला गिरी, घनश्याम शर्मा, रमेश बराल, रमेश पाण्डे, नर बहादुर भुजेल, रविन बहादुर खत्री र खुम बहादुर थापा सर्वसम्मत चयन भएको निर्वाचन समिति संयोजक एवं संघका सल्लाहकार यदुनाथ अधिकारीले जानकारी दिए ।

यसअघि संघका अध्यक्ष अर्जुन पोखरेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जिसी, पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दर कुमार श्रेष्ठ, संघका केन्द्रीय अध्यक्ष एवं सांसद ईच्छाराज तामाङ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, सल्लाहकार विन्दु कुमार थापा, नरेश शंकर पालिखे लगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख मान बहादुर जिसी सहित सम्पूर्ण वडाका अध्यक्षलाई सम्मान गरिएको थियो । साथै सल्लाहकारहरु अधिकारी, थापा र पालिखेलाई समेत सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...